हनुमानढोकाको दसैँघरमा राखियो जमरा

पर्यटन बजार२१ आश्विन २०७८, बिहीबार मा प्रकाशित

हनुमानढोकाको दसैँघरमा राखियो जमरा

असोज २१ ,काठमाडौँ ।आज दसैँको पहिलो दिन घटस्थापनाकाो अवसरमा हिन्दु धर्मावलम्बी नेपालीहरुले घरघरमा जमरा राखेजस्तै काठमाडौंको बसन्तपुरस्थित दसैँघरमा पनि जमरा राखिएको छ । घटस्थापानाको शुभसाइतमा जौ छरेर जमरा राखिएको हो ।

त्यसक्रममा नेपाली सेनाको टोलीले विभिन्न मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ गरेको थियो । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?