पर्यटन व्यवसायी संगठनले गर्यो पदाधिकारीहरुको कार्य बिभाजन

पर्यटन बजार२२ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

पर्यटन व्यवसायी संगठनले गर्यो पदाधिकारीहरुको कार्य बिभाजन

असोज २२, काठमाडौं। पर्यटन ब्यबसायी संगठनको पहिलो सचिवालय बैठक संगठनका अध्यक्ष अन्जन थापा (कुमार) को अध्यक्षतामा सम्पन्न भएको छ।बैठकले पर्यटन ब्यबसायी संगठनका पदाधिकारीहरुको कार्य बिभाजन तथा विभिन्न बिभागहरुको गठन गरेको छ।

सचिवालय बैठकले गरेको कार्यबिभाजन तथा गठन गरेको बिभाग अनुसार प्रदेश नं १ को ईन्चार्जमा तेन्जिङ शेर्पा चुनिएका छन् ।त्यस्तै प्रदेश नं २ को ईन्चार्जको जिम्मा अर्जुनलाल प्रधानले पाएका छन् ।

बागमती प्रदेश ईन्चार्जमा हरिभक्त श्रेष्ठ र सह इन्चार्जमा प्रदिप पण्डित चुनिएका छन् । त्यसैगरी गण्डकी प्रदेश ईन्चार्जमा बिरेन्द्र अधिकारी
,लुम्बिनी प्रदेश ईन्चार्जमा रामकृष्ण तिमल्सिना ,कर्णाली प्रदेशमा गणेश रिमाल सुदुर प. प्रदेश ईन्चार्जमा दामोदर ढकाल र उपत्यका विशेष प्रदेश ईन्चार्जमा धन बहादुर गुरुङले जिम्मेवारी पाएका छन् ।

दैनिक कार्य सम्पादन तथा सचिवालय ब्यबस्थापनको जिम्मेवारी भने बद्री प्रसाद तिमल्सिनाले पाएका छन् ।संगठन विभाग प्रमुखमा नमराज गौली ,अनुशासन विभाग प्रमुखमा केशब धिताल ,यातायात विभाग प्रमुखमा तिलक लोहनी,संघ संस्था विभाग प्रमुखमा उत्तम राज कार्कि,प्रचार प्रसार विभाग प्रमुखमा  प्रदिप पण्डित ,मनोरञ्जन तथा खेलकुद प्रमुखमा सुमन न्यौपाने ,प्रिन्ट तथा पब्लिकेसन विभाग प्रमुखमा बिष्णु बाराकोटी , मेन्यू एण्ड भेन्यू विभाग प्रमुखमा अच्युत गुरुङ ,आर्थिक विभाग प्रमुखमा नबराज थापा, आर्थिक विभाग उपप्रमुखमा सुनिल सिलवाल लगायतको भूमिका रहने छ ।

Facebook Comment

छुटाउनुभयो कि?