नेकपा एमाले पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा निर्वाचित

पर्यटन बजार२३ आश्विन २०७८, शनिबार मा प्रकाशित

नेकपा एमाले पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा निर्वाचित

असोज २३, काठमाडौं। नेकपा एमाले उद्योग ब्यबसायी पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा मगर निर्वाचित भएका छन ।


एमालेको विधान महाधिवेशन पछि पहिलो पटक पर्यटन ईलाका पाँचौं अधिवेशनद्वारा अध्यक्षमा मगर निर्वाचित भएका हुन् ।

एमाले उद्योग ब्यबसायी पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा मगर, उपाध्यक्षमा ईन्द्रबहादुर भट्ट, सचिवमा बिष्णु पाण्डे, उप सचिबमा धुर्ब धरेल र हेम कार्की लगायत कार्य समिती समिती सदस्यहरुमा प्रकाश लामिछाने, बिदुर खतिवड, पुरषोतम रिमाल, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लागायत सम्पूर्ण कमिटी निर्वाचित भएको पर्यटन इलाका कमिटीका सचिव बिष्णु पाण्डेले जानकारी दिए ।

शंकर पोखरेलको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा उद्योग ब्यबसायी बिशेष जिल्ला कमिटिको अध्यक्ष चन्द्र रिजालको उपस्थीति रहेको थियो ।

उक्त कमिटीले नेपालको पर्यटन क्षेत्रमा रहेको समस्य समाधानको निम्ती सम्पुर्ण कमिटी सदस्यलाई निर्देशन दिएको सचिव पाण्डेले बताए । सथै उद्योग र पर्यटन विकासमा एकतावद्ध भएर लाग्ने प्रण गर्ने उनको बताए । सबै गाउँपालिका तथा नगरपालिकाहरूसँग सहकार्य गरी उद्योग तथा पर्यटन प्रवधन गर्ने लक्ष्य रहेको पाण्डेको भनाई छ ।

Facebook Comment

छुटाउनुभयो कि?