धन्सार फर इभर नेपाल फोटो प्रतियोगिता, नेपालकै पहिलो फोटो प्रतियोगिता!

पर्यटन बजार२३ आश्विन २०७८, शनिबार मा प्रकाशित

धन्सार फर इभर नेपाल फोटो प्रतियोगिता, नेपालकै पहिलो फोटो प्रतियोगिता!

असोज २३,काठमाडौं ।नेपालकै पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म ‘धनसार डट कम’ ले फर इभर नेपाल फोटो प्रतियोगिता २०७८ को आयोजना गरेको छ। २०७८ असोज २३ गते शनिवारका दिन काठमाडौंमा एक कार्यक्रम गरि फोटो प्रतियोगितको घोषणा गरेको हो ।

फर इभर नेपाल फोटो प्रतियोगिता सहभागी भइ प्रतिस्पर्धा गर्न फोटो जेपिइजी हुनु पर्नेछ । #forevernepal अनिवार्य लेख्नु पर्ने सर्त छ । प्रतिस्पर्धा प्रकृति, संस्कृति र जिवनशैलीको विधामा हुने प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक विधाबाट तीन तीन जना गरी नौ जना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने धन्सारका संस्थापक बिनोद अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक विधाको पुरस्कार राशी प्रथम, द्वितीय र तृतीय क्रमश; तेतिस हजार, बाईस हजार र एघार हजार रहने छ । छनोट प्रक्रियामा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइने समेत आयोजक धन्सारले जनाएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटो पत्रकार विकास रौनियारको संयोजकत्वमा फोटो पत्रकार क्लवका अध्यक्ष श्रुति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपाली आर्टस्का कार्यकारी निर्देशक राजन शाक्य रहने बताइएको छ । निर्णायक मण्डलका संयोजक रौनियारले आफूहरुले व्यावसायिक र स्वतन्त्र रुपमा प्राप्त फोटोहरुलाई छनोट गरेर पुरस्कृत गरिने बताउनुभयो ।उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २०७८ कार्तिक ३० गरे रातको ११:५९ बजे भित्रमा सहभागिता जनाइसक्नु पर्ने छ। उक्त मितिसम्म प्राप्त फोटोहरु २०७८ मङ्सिर १ गते निर्णयक मण्डल र सार्वजनिक छनोटका खुला गरिने छ । यसरी प्राप्त फोटोहरु मध्ये हरेक विधाको नतिजा २०७८ पौष १५ गते गरिने ‘धनसार डट कम’ का संस्थापक अधिकारीले जानकारी गराउनु भयो ।

फोटो प्रतियोगितामा भाग लिनका लागि https://www.dhansar.com/page/Forever-Nepal-Photo-Competition मा लग इन गर्नु पर्ने धन्सारले जनाएकोछ ।

Facebook Comment

छुटाउनुभयो कि?