पाँचपोखरीको प्रवर्द्धन गर्न ट्रेल रेसको आयोजना

पर्यटन बजार२४ आश्विन २०७८, आईतवार मा प्रकाशित

पाँचपोखरीको प्रवर्द्धन गर्न ट्रेल रेसको आयोजना

असोज २४,काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता हुने भएको छ ।                                                                                                   वाग्मती प्रदेश खेलकूद विकास परिषद् र पाँचपोखरी खेलकूद विकास समितिद्वारा संयुक्त आयोजनामा पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन-२०२१ हुन लागेको हो । पाँचपोखरी नेपालका प्रमुख एक सय पर्यटकीय गन्तव्यमा परेको विश्वको नवौं अग्लो स्थानमा रहेको कुण्ड हो ।
पाँचपोखरीसँगै आमायांग्री, दुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ,हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी,च्योच्यो डाँडाको प्रर्वद्धन गर्ने लक्ष्य गाउँपालिकाको छ ।
‘यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको सम्भावनाको खोजी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य अनुरुप प्रतियोगिता राखेका छौं’ पाँचपोखरी खेलकूद विकास समितिका अध्यक्ष टासी शेर्पाले भने, ।
यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए । यो वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पुर्याउने विश्वास रहेको अध्यक्ष शेर्पाको भनाई छ। पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो ।
पहिले प्रतियोगिता आयोजना गरेपनि गएको वर्ष कोभिडका कारण स्थगित गरिएको थियो ।                                                                                                                               जनैपूर्णिमाको दिन लाग्ने पाँचपोखरी मेलाको अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो । तर, यो जनैपूर्णिमामा गरिएको भन्दा फरक उद्धेश्यले प्रतियोगिता गरिन लागिएको हो । यो विन्टर म्याराथुन भएको अध्यक्ष शेर्पा बताउँछन् ।
प्रतियोगिता आउँदो कात्तिक २७ गते सञ्चालन गरिनेछ। सो म्याराथनमा एक सय ५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी धावकहरुमध्येबाट खुल्ला तर्फ उत्कृष्ट दशभित्र पर्न सफल महिला र पुरुष, सिन्धुपाल्चोक जिल्ट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीहरु मध्येबाट धावकहरुमध्येबाट खुल्ला तर्फ उत्कृष्ट दशभित्र पर्न सफल महिला र पुरुष, सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीहरु मध्येबाट उत्कृष्ट पाँच भित्र पर्न सफल महिला र पुरुष र भेट्रान तर्फ उत्कृष्ट तीन भित्र पर्न सफल महलिा र पुरुष सहभागीलाई नगद सहित मेडल उपलब्ध गराइनेछ ।
सो म्याराथनमा सहभागी हुन चाहनेहरुले दर्ता शुल्क वापत खुल्ला तर्फ तीन हजार पाँच सय, सिन्धुपाल्चोकवासीका लागि दुई हजार पाँच सय र विदेशीहरुको लागि असी डलर तोकिएको छ।

Facebook Comment

छुटाउनुभयो कि?