तिनजुरुे, मिल्के, जलजलेमा पर्यटकको आगमन सुरु

पर्यटन बजार७ कार्तिक २०७८, आईतवार मा प्रकाशित

तिनजुरुे, मिल्के, जलजलेमा पर्यटकको आगमन सुरु

कात्तिक ७,काठमाडौं । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा रहेको पर्यटकीय गन्तव्य टिएमजेमा पर्यटकको भीड बढ्न थालेको छ ।

कोरोनाका कारण लामो समय ठप्प रहेको यो क्षेत्र विस्तारै लयमा फर्कन थालेको थालेको छ । तिनजुरुे मिल्के जलजले तीनवटै पर्यटकीय क्षेत्रमा पुनः पर्यटकहरूको आगमन सुरु भएको हो ।

पाथीभरा मन्दिरमा पुजा गर्न आउने तिर्थालु समेत बढेको पुजारी दिलबहादुर सुवेदीले बताउनुभयो । पर्यटकहरूको संख्या बढेसँगै कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय समेत गति लिन थालेको छ ।

यस क्षेत्रको चोलुङ पार्क, बसन्तपुर बजार, आरआर गार्डेन, पाथिभरा मन्दिर, चौकी मंगलबारे, गुफा पोखरीलगायतका स्थानमा पर्यटकहरू रमाउने गरेका छन् ।

सार्वजानिक विदा र शनिबारका दिन पर्यटकहरू आउने गरेका छन् । पूर्वी तराईका विभिन्न जिल्लाबाट यस क्षेत्रमा पर्यटकहरु भित्रिने गरेका छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?