नेपालको पर्यटन उत्थानका लागी नेपाल पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

पर्यटन बजार८ कार्तिक २०७८, सोमबार मा प्रकाशित

नेपालको पर्यटन उत्थानका लागी नेपाल पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

कात्तिक ८,काठमाडौं । कोभिड १९ का कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई उठाउन नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) बीच सम्झौता भएको छ ।

शुक्रबार नयाँ दिल्लीमा भएको एक कार्यक्रमका बिच दुबै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने गरी नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट, रोड सो, वेविनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश रहेको छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?