यौन दुराचारको अभियोगमा क्यानेडियन पर्यटक पक्राउ

पर्यटन बजार८ कार्तिक २०७८, सोमबार मा प्रकाशित

यौन दुराचारको अभियोगमा क्यानेडियन पर्यटक पक्राउ

कात्तिक ८,काठमाडौं । बालकहरूमाथि यौन दुराचार गरेको अभियोगमा नेपाल घुम्न आएका क्यानेडियन नागरिक रोबर्ट किन्कले पोखरा बाट पक्राउ परेका छन् ।

किन्कलेलाई प्रहरीले पोखरा महानगरपालिका ६ लेकसाईडमा कोठा भाडामा लिई बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाई ललाई फकाई गरी कोठामा अप्राकृतिक मैथुन तथा यौनजन्य गतिविधि गर्दै आएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरीले किन्कलेलाइ तीन जना बालिकाको अगाडि नग्न अवस्था फेला पारेको थियो ।
Facebook Comment

छुटाउनुभयो कि?