शे – फोक्सुण्डोको मोहनी जाल (तस्वीरमा )

पर्यटन बजार९ कार्तिक २०७८, मंगलवार मा प्रकाशित

शे – फोक्सुण्डोको मोहनी जाल (तस्वीरमा )

एक छिनमा नीलो, एक छिनमा फिक्का नीलो । छिन-छिनमै पानीको रंग फेरिँदो रहेछ फोक्सुण्डो तालमा । तालको गहिराई ६ सय ५० मिटर रहेको छ । तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो ।                                           

फोक्सुण्डो तालबाट निस्केकोे झरना नेपालकै सबैभन्दा ठूलो झरना पनि हो । यसलाई फोक्सुण्डो झरनासमेत भन्ने गरिन्छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाईमा अवस्थित फोक्सुण्डो तालको सुन्दरता एरिक भ्यालीले क्याराभान फिल्ममार्फत संसारसामू पस्किदिएका थिए । यही कारणले पनि होला डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुन्छन् ।                                 

फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन् । तर, रिग्मो गाउँमा अव्यस्थित तरिकाले होटलहरु बन्दा तालको सुन्दरतामा नै असर परिरहेको देखिन्छ ।      

कसरी पुग्ने ?

नेपालगञ्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि सुरु हुन्छ, पैदल यात्रा । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टा जति लाग्छ । दोस्रो दिन दुनैदेखि छेप्का । तेस्रो दिन छेप्कादेखि झरना । चौथो दिन झरनादेखि फोकसुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।                   

प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक रुपले पनि निकै धनी छ, डोल्पा जिल्ला । तर, डोल्पाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न सकेको छैन ।     तस्बिर : सृजना रुवाली                                                                            

Facebook Comment

छुटाउनुभयो कि?