नाम्चेदेखि मनाङसम्मको गन्तव्यमा छायांकन गरि फर्कियो “उचाइ” टिम

पर्यटन बजार१४ कार्तिक २०७८, आईतवार मा प्रकाशित

नाम्चेदेखि मनाङसम्मको गन्तव्यमा छायांकन गरि फर्कियो “उचाइ” टिम

कात्तिक १४,काठमाडौं । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायांकन सकिएको छ । नेपालमा २५ दिन यसको छायांकन गरिएको थियो ।

दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।

नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायांकन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायांकन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायांकन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए।

कलकार अनुपम खेर ले सुरुवात देखि नै नेपाल बसाइ को अनुभव लाई सेयर गर्दै आइरहेका थिए । सोहिक्रममा नेपाल बसाइको अन्तिम दिनमा भावुक बन्दै उनले लेखेका छन ” २७ दिनको नेपाल बसाईमा जीवन परिवर्तनको अनुभव भएको छ। यसले मलाई अर्थात एक अभिनेता र एक व्यक्तिको क्षमतालाई चुनौती दिन र आफैलाई पुन: आविष्कार गर्न बाध्य तुल्याएको छ।”

चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायांकन गरिएको थियो।

चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?