जाने होइन त बन्जी र जिपलाइनमा रमाउन पोखरा ?

पर्यटन बजार२७ कार्तिक २०७८, शनिबार मा प्रकाशित

जाने होइन त बन्जी र जिपलाइनमा रमाउन पोखरा ?

गोविन्द मरासिनी कात्तिक २७,काठमाडौं ।युवा पुस्ताहरूमा ‘एडभेन्चर गेम’ प्रति मोह बढ्दो छ । युवा पुस्ताहरू घुम्ने, रमाउनेका लवा साहसिक खेलमा समेत रुचि राख्दछन् । त्यसैले त देशका विभिन्न स्थानहरूमा उत्साहजनक रूपमा साहसिक खेलको विस्तार हुने क्रम पनि बढिरहेको छ ।
यसैबीचमा पर्यटकीय नगरी पोखरामा पनि साहसिक खेलको विस्तार भइरहेको छ । यसअघि भोटेकोसीमा रहेको बन्जी र स्विङले निकै लोकप्रियता पाएसँगै पछिल्लो समय पर्वतको कुस्मा र पर्यटकीय नगर पोखरामा विस्तार भएका यस प्रकारले खेलले पोखराको पर्यटनलाई अझै बढवा दिएको छ ।
पोखरा यसै पनि रमाइलो त्यही माथि साहसिक खेल जसका कारण अझै पर्यटकलाई लोभ्याउने गरेको छ । पोखरा घुम्नुका साथै साहसिक खेलमा रमाउनका लागि तपाई हामी सबैले ‘हाइ ग्राउन्ड एडभेञ्चर’ प्रा.लि .लाई सम्झनै पर्ने हुन्छ । पोखराको हेम्जामा प्रा.ली.ले सञ्चालन गरेको बन्जी र जिपलाइनले पनि पोखराको पर्यटनलाई सघाउ पुर्याएको  छ ।
पोखरा त्यो पनि एकै स्थानमा बन्जी र जिपलाइनको मज्जा लिन पाउनुले पनि यस स्थानमा साहसिक खेलमा रमाउनेहरूको रोजाईमा यो स्थानमा पुग्ने गरेका छन् । पोखरा घुम्दै गर्दा थोरै समय छुट्टाए पनि हुने हुनाले यसमा अझ आकर्षण बढ्दो छ ।  यहाँको विशेषता भनेको नै सराङकोटको डाँडाबाट पोखराको हेम्जासम्म १८ सय मिटर लामो दुरी र ६ सय मिटरको अग्लोमा ठाउँमा रहेको डोरीमा झुन्डिएर तल झर्नु हो ।
पोखराको सराङकाटेस्थित करिब १५५० मिटर उचाइमा यसको माथिल्लो स्टेसन रहेको छ भने ल्यान्डिङ स्टेसन ९५० मिटरको हेम्जामा रहेको छ । सराङकोटदेखि हेम्जाको स्टेसन १८५० मिटर लामो दूरीमा रहेको यसमा ९० सेकेन्डमा सराङकोटबाट सरर हेम्जा झर्न सकिन्छ ।                                                                     
जिपलाइन सकिने बित्तिकै ७० मिटरको उचाइबाट मुटु नै चिसो हुने गरी डोरीमा झुन्डिनुको मज्जा पनि बेग्लै छ । बम्जीका लागि पुगेका थोरै व्यक्तिहरू मात्र बन्जी नगरेर फर्कने गर्दछन् भने प्रायः ले त्यहाँ पुगिसके पछिको माहौलका कारण पनि ‘जम्प’ गर्ने गरेका छन्।
जिपलाइन र बम्जीमा रमाउँदै गर्दा खुलेको मौसममा पोखरा उपत्यका, आँखै अगाडी देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमाल दृश्यले मन फुरुङ बनाउँछ । जिपलाइन र बम्जीका लागि हाइ ग्राउन्ड एडभेञ्चरको पोखराको लेकसाईड अफिसबाट कम्पनी आफैले सराङकोटसम्म लैजाने गाडीको व्यवस्था गरेको छ । जसका लागि ४५ मिनेटको समय लाग्दछ । सराङकोटबाट जिपलाइन गरेर हेम्जा झरिसकेर बन्जी गरिसकेपछि पुनः गाडीले नै लेकसाईडसम्म  पुर्याउँछ ।
थपियो सुरपम्यान जिपलाइन आकर्षण 
प्रा.ली.ले हालसालै सुपरम्यान जिपलाइन थपेसँगै यस स्थानको चर्चा थप चुलिएको छ । सुपरम्यान अर्थात् सुतेर पर्यटकले यसको आनन्द लिन पाउने छन् । यसअघि क्लासिक जिपलाइनमा ९० सेकेन्डमा सराङकोटबाट हेम्जा झर्न सकिने भएपनि सुपरम्यानमा अब ५० सेकेन्डजतिमा तल झरिन्छ । यसलाई संसारकै सबैभन्दा लामो सुपरम्यान जिपलाइन पनि बनेको प्रा.ली.को दाबी छ ।
कति छुट्याउने बजेट ? 
कम्पनीले बन्जी र जिपलाइनका लागि विभिन्न प्याकेजहरूको व्यवस्था समेत गरेको छ । जसमा कम्बो प्याक अन्तर्गत बन्जी र जिपलाइनको ८ हजार तोकिएको छ जसमा फोटो र भिडियोको लागि अतिरिक्त १५ सय लाग्नेछ भने बन्जी र जिपलाइन मध्ये एक मात्र रोज्ने हो भने ४५ सय र फोटो र भिडियोको लागि १ हजार थप तिर्नुपर्ने छ ।
सेलिब्रेटीको बढ्दो क्रेज 
हाइ ग्राउन्डमा धेरै सेलिब्रेटीहरु समेत बन्जी र जीपलाइनका लागि पुग्दा यस स्थानको लोकप्रियता अझ थपिएको छ । स्वस्तिमा खड्का, श्रिङ्खला खतिवडा, आयुषमान देशराज जोशी, आँचल शर्मा, पूजा शर्मा लगायतका नायक नायिकासहित चर्चित भिजे सञ्जय गुप्ता, कुटुम्ब साङ्गीतिक समूह लगायतका कलाकार र टकटकबाट स्टार बनेका प्रिज्मा र प्रिन्सीसहितका धेरै स्टारहरू यस स्थानमा पुगेर जिपलाइन र बम्जीमा रमाईसकेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?