खुम्बुमा चिसो बढ्दा फर्किन थाले पर्यटक

पर्यटन बजार२८ कार्तिक २०७८, आईतवार मा प्रकाशित

खुम्बुमा चिसो बढ्दा फर्किन थाले पर्यटक

कात्तिक २८, लुक्ला ।सोलुखुम्बुको खुम्बु क्षेत्रमा घुम्न आएका पर्यटकहरु चिसो बढेसंगै फर्किन थालेका छन् ।

सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको खुम्बु क्षेत्रमा तापक्रम निरन्तर घटेसँगै भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरणले शुक्रबार र शनिबार २४ हवाई उडान मार्फत ४ सय जना पर्यटकले खुम्बु छाडेको र काठमाण्डौबाट खुम्बु क्षेत्रमा भ्रमणका लागि आउनेहरु न्यून रहेको जनाएको छ ।

खुम्बु क्षेत्रमा भ्रमण गरी काठमाडौँ फर्किनेमा अधिकांश नेपाली पर्यटकहरु रहेका छन् ।

 

Facebook Comment

छुटाउनुभयो कि?