आगन्तुकको मन जित्दै “इपिल्याण्ड एण्ड वाटर पार्क”

पर्यटन बजार२८ कार्तिक २०७८, आईतवार मा प्रकाशित

आगन्तुकको मन जित्दै “इपिल्याण्ड एण्ड वाटर पार्क”

कात्तिक २८,इटहरी प्रदेश १ मा नै नयाँ प्रविधि र नयाँ भौतिक संरचनाका साथ स्थापना भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्क’ ले छोटो समयमा नै चर्चित बनेको  छ ।गत सालबाट सन्चालनमा आएको पार्कले एक बर्षमै धेरै आगन्तुकलाइ आकर्षित गर्न सफल भएको हो ।                                                                                         

२ वर्ष अघि नै निर्माण सम्पन्न भएको यो पार्क कोरोना महामारीका कारण सञ्चालनमा आउन सकेको थिएन ।

“विदेशका ठूला शहरहरुमा मात्र यस्ता पार्कहरु रहेको र नेपालमा  पहिलोपटक यो पार्क स्थापना गरेको इपिल्याण्ड एण्ड वाटर पार्कका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी गराए। प्रदेश १ का पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रहरुमा जाँदा यो ठाउँ ट्रान्जिट पोइन्ट बन्ने उनको भनाइ छ । ‘इलाम र भेडेटारजस्ता पर्यटकीय क्षेत्रमा इटहरी भएर नै आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् ।

” भेडेटारको चिसो मौसमको आनन्द उठाउन नसक्नेका लागि हामीले त्यहाँको चिसो मौसम यहीँ मिलाएका छौँ । यस्तै यहाँ हिउँमा खेल्न पनि पाइनेछ । जसले हिमालको आनन्द पनि उठाउन सकिन्छ’, पौडेलले जानकारी दिए ।                                                       
यसका साथै यहाँ आउने पर्यटकले समुद्रको छालको पनि मज्जा लिन सक्नेछन। त्यसको लागि यहाँ छुट्टै ‘वाटर वोएव पुल’ को पनि निर्माण गरिएको छ । यहाँको पानी कतिको शुद्ध छ भनेर मापन तथा परीक्षण पनि गरिरहने पौडेलले जानकारी गराए ।                                     
पार्कका सञ्चालक जगतबहादुर बस्नेतका अनुसर यहाँ समान्यले ७५० रुपैयाँ त्यस्तै विद्यार्थीहरुको लागि ६५० र बालबालिकाहरुको लागि ४०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । त्यही शुल्कमा यहाँ भएको रोटे पिङ, जुरासिक इजल्यान्ड, ब्रेक डान्स , रेल, वाल क्लाइम्बको मजा लिन सकिन्छ ।

यस पार्कमा जिपलाइनको समेत मजा लिन सकिन्छ, जसको लागि भने छुट्टै चार्ज लाग्ने गर्दछ ।                                                     

Facebook Comment

छुटाउनुभयो कि?