टान द्वारा नबनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामालाई बधाई तथा शुभकामना ज्ञापन !

पर्यटन बजार२८ कार्तिक २०७८, आईतवार मा प्रकाशित

टान द्वारा नबनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामालाई बधाई तथा शुभकामना ज्ञापन !

कार्तिक २८, काठमाडौं । नबनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामालाई ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।आइतबार टान सचिवालयमा आयोजित कार्यक्रममा मन्त्री लामालाई टानले बधाइ दिदै सफल कार्यकालको शुभकामना दिएको हो ।
कार्यक्रममा टानका अध्यक्ष खुम ब. सुबेदिले पर्यटन पेसासंग प्रत्यक्ष रुपमा जोडिएको ब्यक्ति मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु सम्पुर्ण पर्यटन ब्यवसायिको लागि गौरबको कुरा रहेको बताउनुभयो । साथै स्वास्थ्य क्षेत्रलाई पर्यटनसंग जोडेर नेपालको पर्यटन बिकासमा टेवा पुर्याउनुहुनेमा टान बिस्वस्त रहेको उहाँले बताउनुभयो ।         
यस बधाई कार्यक्रमको लागी धन्यवाद व्यक्त गर्दै मन्त्री लामाले आफू पर्यटन क्षेत्रसँग एकदमै नजिक रहेको, आफुले पहिले देखि नै पर्यटन क्षेत्रमा धेरै कुराहरु गर्न खोजेको र योजनाहरु समेत बनाएको बताउनुभयो । सोही इच्छाशक्तिलाई अघि बढाउदै कोरोनाले थिलो थिलो पारेको यो क्षेत्रलाई पुन: पहिलाको अवस्थामा फर्काउन आफुले सक्ने सबै सहयोग गर्ने मन्त्री लामाले बताउनुभयो । साथै आफू स्वास्थ्य मन्त्रालयमा भए पनि हेल्थ टुरिजमको माध्यमबाट पर्यटनमा आफ्नो निभाउनु पर्ने भुमिकाको लागि संधै अग्रसर रहेको उहाँले बताउनु भयो ।  

टानको पुर्व सदस्य समेत रहनुभएका माननीय मन्त्री निमा लामालाई बधाई दिने यस कार्यक्रममा टानको अध्यक्ष खुम बहादुर सुबेदी, निवर्तमान अध्यक्ष नवराज दाहाल, महासचिव सरिता लामा,नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका पुर्व अध्यक्ष दिपक महत, पुर्व अध्यक्ष रमेश धमला, पुर्व अध्यक्ष याङ्किला शेर्पा, पुर्व अध्यक्ष सुमन पाण्डे, कार्यसमिति सदस्यहरु लगायतको बाक्लो उपस्थित रहेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?