अनुमती बिनै मेरा पिक हाइक्याम र बेसक्याममा बने घरटहरा

पर्यटन बजार३० कार्तिक २०७८, मंगलवार मा प्रकाशित

अनुमती बिनै मेरा पिक हाइक्याम र बेसक्याममा बने घरटहरा

कात्तिक २९, काठमाडौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ्ग गाँउपालिकामा पर्ने मेरापिक हिमालको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण गरिको छ । उक्त टहराहरु काठ र जस्तापाताको प्रयोग गरि व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएको हो ।
नेपाल सरकारबाट आरोहण खुला गरिएको हिमालमा आरोहणको गतिविधि बाहेक अरु गतिविधि गर्न नपाईने कानुनी व्यवस्था छ । यस्तो व्यवस्था हुदाँहुदै पनि मेरापिक क्षेत्रमा होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले कानुनी रुपमा अनुमति समेत नलिइ आफु खुसी टहरा निर्माण गरेका खुलेको छ ।                                     
यसरी मेरा पिकको बेसक्याम्प र हाईक्याम्प क्षेत्रमा निर्माण गरिएको टहरा सम्बन्धीत पर्यटन व्यवसायीले प्रयोग गर्दै आएका छन् । जसले गर्दा हिमालमा कुनैपनि भौतिक संरचना निर्माण गर्न नपाईने कानुनको खिल्ली उडाएको छ ।
यसरी अनाधिकृत रुपमा निर्माण भएका टहराको बारेमा मकालु बरुण राष्ट्रिय निकञ्ज लगायतका सरोकारवालाहरुलाई जानकारी छ । यसरी थाहा हुदाहुदै पनि होटल व्यवसायीको मिलेमतोमा कुनै पक्ष पनि नबोलेकोे जानकारहरु बताउछन ।
पाँच हजार सात सय मिटरको उचाइमा खारेका अधिकाँस होटल व्यवसायीले पनि टहरा बनाएका छन् । आरोहणका क्रममा प्रयाग हुने सामाग्री ल्याउने लाने झन्जट गर्नु भन्दा बेसक्याम्प र हाईक्याम्पमा टहरा निर्माण गरि थन्काएर राख्न सजिलो हुने भएको व्यवसायीहरुले बताउने गरेका छन् ।
हिमालमा टहरा निर्माणको विषयमा धेरै पटक गुनासो आएपछि नेपाल पर्वतारोण संघले वास्ता गरेको छैन । मेरा पिकको आरोहण अनुमतिपत्र नेपाल पर्वतारोण संघले जारी गर्छ । त्यसो हुदाँ व्यवस्थापन र सरसफाइको समेत जिम्मेवार हुनु पर्ने संघ यो विषयमा जानकार नै नहुन लज्जास्प र हाँस्यस्पद कुरा भएका नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष राम काजी प्रयासले बताए ।             
यसरी कुनै पनि हिमालको बेसक्याम्प वा सो भन्दा माथी धौतिक संरचना निर्माण गर्दा जलवायु परिर्वतनको भय रोक्न समेत बढेर जाने अध्यक्ष प्रयासको भनाई छ । यस विषयलाइ यथासिघ्र समाधान गर्न पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पर्वतारोहण संघलाई अनुरोध गरेका छन । साथै मेरा पिकको बेसक्याम्प र हाईक्याम्पमा बनाइएका टहराहरु नहटाइ त्यसको सशक्त प्रतिकार गर्ने निटोगले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?