एक दिवसिय ” श्रीलंका सेल्स मिसन ” सम्पन्न

पर्यटन बजार३० कार्तिक २०७८, मंगलवार मा प्रकाशित

एक दिवसिय ” श्रीलंका सेल्स मिसन ” सम्पन्न

कात्तिक ३०, काठमाडौँ  । नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि आयोजना गरेको पहिलो श्रीलंका सेल्स मिसन सम्पन्न भएको छ ।

कार्यक्रममा आज भएको बि टु बि सेसनमा ५० भन्दा बढी सम्भावित ब्यक्तिहरुले भिजिट गरेको कान्तिपुर होलिडेजका सन्चालक दामोदर ढकालले पर्यटन बजार लाई जानकारी गराउनुभयो । ” कार्यक्रम एकदमै राम्रो भैरहेको छ , कोरोना पछिको यो सेल्स मिसनले नेपालमा श्रीलंकन पर्यटक भित्र्याउन मद्दत पुग्ने छ , उहाँले बताउनुभयो ।”

दिवा समयमा सेसन सन्चालन गरिएको थियो भने बेलुकिको समयमा नेपाल नाइट अन्तर्गत नेपाल पर्यटन बोर्ड्का सिनियर डाइरेक्टर हिक्मत सिंह ऐयरले नेपालको पर्यटकिय गन्तब्य समेटिएको भिडियो प्रेजेन्टेसन दिनुभएको थियो ।

मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारी सहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

कोलम्बोमा आयोजना भएको सो कार्यक्रममा जाने टोलीलाई आइतवार बोर्डका कार्यकारी प्रमुख (सीइओ)डा. धनन्जय रेग्मीले विदाई गर्नु भएको थियो । यो कार्यक्रमबाट नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रबद्र्धनको कार्य गर्ने तथा नेपालबाट सहभागिता जनाउने व्यवसायीहरुले श्रीलंकन उपभोक्ता तथा पर्यटन व्यवसायीहरु माझ आफ्ना सेवाहरुको प्रबद्र्धन गर्दै श्रीलंकन आउटबाउण्ड टुर अपरेटरहरुसँग व्यवसायिक सम्बन्ध स्थापना एवं विस्तार गर्ने अपेक्षा गरिएको सिइओ रेग्मीले बताउनु भयो ।
बोर्डले यस अघि पनि श्रीलंकामा नेपालको प्रर्वद्धन गर्न नेपाल स्थित श्रीलंकन राजदुतावाससँगको सहकार्यमा नेपाली र श्रीलंकन व्यवसायीहरुबीच भच्र्युअल मिटिङ आयोजना गरेको थियो । कोभिड १९ को संक्रमण कम हुँदै गर्दा बोर्डले विस्तारै विभिन्न मुलुकमा सेल्स मिसन आयोजना गर्ने कार्यक्रम अनुसार श्रीलंकामा मिसन आयोजना गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिनुभयो ।

 

 

 

Facebook Comment

छुटाउनुभयो कि?