पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्रको माग

पर्यटन बजार१ मंसिर २०७८, बुधबार मा प्रकाशित

पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्रको माग

मंसिर १,पोखरा। गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।

के भयो भने पोखरा देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन र यसको इन्डिकेटर बनाउनका निम्ति प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई प्रदेश सरकारले जिम्मा दिएको प्रवक्ता खड्काले बताए ।

पोखरा नेपालको प्रमुख पर्यटकीय नगरीको रुपमा चर्चित छ ।

Facebook Comment

छुटाउनुभयो कि?