कञ्चनपुर जिल्ला कार्य समितिको खुल्ला तर्फ युवा व्यवसायी सिंहको उम्मेदवारी

पर्यटन बजार२ मंसिर २०७८, बिहीबार मा प्रकाशित

कञ्चनपुर जिल्ला कार्य समितिको खुल्ला तर्फ युवा व्यवसायी सिंहको उम्मेदवारी

मंसिर २, काठमाण्डौ – सत्ताको नेतृत्व गरिरहेको सत्तारूढ दल नेपाली कांग्रेसको कञ्चनपुर जिल्ला कार्य समितिको जिल्ला सदस्य पदमा युवा व्यवसायी पवन विक्रम सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्षबाट युवा नेता सिंहले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एक दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सिंह सबै पक्षलाई मिलाएर लैजाने संयोजनकारी भूमिका खेल्न सक्ने व्यक्तिको रूपमा परिचीत छन् ।

राजनीतिलाई समाजसेवा गर्ने प्लेटफर्मको रूपमा बुझ्ने सिंह कञ्चनपुरमा समाजसेवीको भूमिकामा बढी परिचीत छन् । कञ्चनपुरका अतिरिक्त देश र विदेशमा छरिएर रहेका नेपालीहरूलाई सहयोग गर्न सदैव तत्पर सिंहको उम्मेदवारीले कञ्चनपुरको युवा राजनीतिमा नयाँ माहौल सिर्जना भएको छ ।

वर्तमान जिल्ला सभापति हरि प्रसाद बोहराको प्यानलबाट उम्मेदवार बनेका सिंहले सहयोगका लागि सबैसँग सहयोगको अपिल समेत गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?