मरिणलाई समृद्ध बनाउने अभियानमा छु- गाउँपालिका प्रमुख पानीराज बम्जन 

पर्यटन बजार६ मंसिर २०७८, सोमबार मा प्रकाशित

मरिणलाई समृद्ध बनाउने अभियानमा छु- गाउँपालिका प्रमुख पानीराज बम्जन 

मंसिर , काठमाडौं।गाउँपालिका प्रमुख पानीराज बम्जन नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरूको पुनः संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको२०७३ पुस २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो जस अनुसारसिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साबिक कपिलाकोट, कल्पवृक्ष महादेवस्थान गाविस समेटी गठन गरेको क्षेत्र नै मरिनगाउँपालिका हो

यस गाउँपालिकाको नामकरण सिन्धुली जिल्लाकै प्रसिद्ध खोला मरिन खोलालाई आधार मानी गरिएको पूर्वमा कमलामाईनगरपालीकाको सीमा क्षेत्र, पश्चिममा हरिहरपुरगढी गाउँपालिका, उत्तरमा काभ्रे जिल्ला घ्याङ्लेख गाउँपालिका दक्षिणमा सर्लाहीजिल्लाको सीमा क्षेत्र फैलिएको यस गाउँपालिकाको भौगोलिक कुल क्षेत्रफल ३२४.५५ वर्ग कि.मि. वडा सङ्ख्या रहेको

मरिण गाउँपालिकामा पछिल्लो वर्ष देखि पानीराज बम्जनले गाउँपालिका प्रमुख बनेर कार्य गर्दै आउनुभएको छ। गाउँपालिका प्रमुखबम्जन ले वर्षमा यस गाउँ पालिकामा धेरै परिवर्तन ल्याउने बाचा सहित निर्वाचित हुनुभएको थियो। यो अवधिमा मरिण गाउँपालिकामा  स्वास्थ्य, शिक्षा , पर्यटन ,भौतिक पूर्वाधार कृषि लगायतका क्षेत्रमा उल्लेख्य कार्य भएका छन्।

स्वास्थ्य नै धन

* यस  गाउँपालिकाभित्र बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरूलाई स्वस्थ बनाउने हेतुले सबै वडामा स्वास्थ्य इकाईको स्थापना गरिएको

* स्वास्थ्य इकाईबाट पाउने सम्पूर्ण सेवाहरू आम नागरिकलाई दिने गरी एक जना अहेब, एक जना अनमी एक जना सहयोगीलाईराखेर सेवा प्रवाह गर्दै आएको

* गर्भवती आमाहरूलाई स्वास्थ्यको मापदण्डअनुसार गर्भ जाँच गराउन स्वास्थ्य संस्थासम्म आउन को निम्ति  केही चेतनाको हिसाबलेअथवा  केही आर्थिक  सहयोग हुने गरी  प्रत्येक पटकको रु ५०० को दरले चार पटकसम्म जाँच गराउन आए जम्मा रु २००० प्रदान गर्दैआएको छ।

जुन रकमले महिला दिदीबहिनीलाई पोषणयुक्त खानेकुरा, हरियो सागपात, गेडागुडी , माछा मासु इत्यादिको लागि सहयोग होस भनेरप्रदान गरिँदै  आएको  

त्यस्तै सुरक्षित मातृत्वको लागि स्वास्थ्य संस्था आएमा सुत्केरी पश्चात् सुरक्षित जाँच गर्नको लागि गरेर रु ५००५०० गरेर जम्मा रु३०००/- प्रदान गरिँदै आएको

*  स्वास्थ्य सम्बन्धी जानकारी दिन, गर्भवतीहरूलाई काउन्सेलिङ गर्न , शिशुलाई हेरचाह गर्ने सम्बन्धी खोप तथा पोलियो थोपाबारेमाजानकारी दिनको निम्ति हौसला स्वरूप  मासिक रु ३००० प्रदान गर्दै आएको

* ज्येष्ठ नागरिक, असहाय  तथा अपाङ्ग व्यक्तिहरूको निम्ति सुगर, प्रेसर, दम जस्ता रोगहरूको औषधि वितरण गर्दै आएको छ।

     शिक्षा मानव जीवनको तेस्रो आँखा

* गुणस्तरीय शिक्षाको लागि यस गाउँपालिकाभित्र रहेका ४८ सामुदायिक विद्यालयहरुमध्ये २९ वटा विद्यालयमा बालबिकासका कोटाप्राप्त रहेको बाकी रहेका १९ वटामा छैन जुन १९ वटा विद्यालयमा पनि बालबालिका शिक्षा  गाउँपालिकाले नै आफै सुरु गरेको

*  यहाँ सृजना गरेका बालबिकासका सम्पूर्ण शिक्षिकाहरूलाई सरकारले तोकेको निश्चित रकममा रु ७००० थप गरेर दिँदै आएको छौ।

*  प्रत्येक विद्यार्थी बराबर दैनिक रु १५ खाजा खर्च दिँदै आएको छ।

*   बालबिकासका शिक्षिकाहरूलाई आफ्नो  विद्यार्थीको फलो अप गर्नको निम्ति संचार खर्च पनि दिँदै आएको छ।

* जुन बाकी रहेका १९ वटा विद्यालयको शैक्षिक सामाग्री खर्चको लागि बजेट छुट्याउँदै आएको कक्षा सन्चालन विद्यार्थीसङ्ख्याको आधारमा शैक्षिक अनुदानको लागि खर्च पठाएको

*  आधारभूत देखि माध्यमिक तह सम्मका बिद्यार्थीहरु को लागि क्रमश  बार्षिक रु २४०० रु ३०००को दरले खर्च विद्यालयको खातामापठाएको

*  अब यस बर्सपछि कक्षा ११ १२ को विद्यार्थीहरुलाइ पनि क्रमशः रु ५००० रु ४५०० को दरले बजेट छुट्टाइएको

  कृषि समृद्धिको आधार

* तरकारी खेती, फलफूल खेती, पशुपालन तथा मत्स्यपालनको हिसाबले यो गाउँपालिकाभित्रको जमिन एकदमै उचित रहेकोले यहाँउत्पादित सम्पूर्ण कुराहरू पूर्व देखि पश्चिम जहाँ लैजान्छु भन्दा पनि सहज रहेको छ। यस जमिनलाई छोएका राजमार्गहरूले झनै सहजगराइदिएका छन्। * सुनकोसी मरिन डाइभर्सन राष्ट्रको गौरबको आयोजना रहेको छ। * एक प्रदेश एक आङ्गिक कलेज स्थापना भएको जसमा प्राक्टिकल्ली रूपमा त्यही कृषिबाट उत्पादित सामान जाने भएकोले यो अति नै उपयोगी रहेको * परम्परागतप्रणालीलाई क्रमभङ्ग गरी आधुनिकीकरण ल्याउन विभिन्न किसिमका लगानीहरू तथा कार्यक्रमहरू ल्याइएको छ। भौतिक पूर्वाधारकोसम्बन्धमा :-

* सर्वप्रथम यस गाउँ पालिकाले आफ्नै प्रशासनिक भवनको निर्माण गरेको

* सम्पूर्ण वडा कार्यालयका भवन निर्माणाधीन अवस्थामा रहेका छन्

* युवा लक्षित गरेर आफ्नै लगानीमा स्वास्थ्यको निम्ति खेल राष्ट्र को निम्ति खेल भन्ने मूल कुरालाई आधार मानी बृहत् रङ्गशालानिर्माण भइरहेको

* यस पालिकाको वडा : देखि वडा : हुँदै हुँदै अति पिछडिएको क्षेत्रलाई मध्यनजर गरेर गढी दरबार जोड्ने सडकलाईगौरवको आयोजनामा राखेको

* जनयुद्ध कालिन अवस्थामा शान्ति प्रक्रियाको मुखमा पुग्दा तत्कालीन माओवादी पार्टीको नेतृत्वमा काभ्रे जिल्लाको महाभारतगाउँपालिकाका जनतालाई परिचालन गरी खनेको बाटोलाई मरिन गाउँपालिकाको वडा : देखि मदन भण्डारी राजमार्गसँग जोडेरमहाभारत गाउँपालिका हुँदै पनौतीसम्म जोड्ने सडक निर्माणाधीन अवस्थामा रहेको

* वडा : देखि गढी गाउँपालिका हुँदै प्रदेश : को लामबन्दी बजार जोड्ने कार्य हुँदै * ग्रामीण सडक निमार्णको कार्य पनिनिरन्तर भई रहेको

पर्यटन विकासमा नौलो प्रयास

* ऐतिहासिक पञ्चकन्या पोखरीलाई त्यसको संवर्द्धन प्रवर्द्धन गरेर आन्तरिक बाह्य पर्यटकलाई भित्र्याउने तयारी गरिँदै छ।

* ऐतिहासिक ठाकुरेस्वर दरबार , हात्ती आहाल , कपिलेस्वर दरबार, धुरी ढुङ्गा जस्ता पर्यटकीय स्थलहरूको पहिचान प्रवर्द्धनकोलागि विभिन्न कार्य मा जुटेको छ।

Facebook Comment

छुटाउनुभयो कि?