पोर्चुगलबाट सिकौं ग्रामीण पर्यटन प्रवर्द्धन

पर्यटन बजार७ मंसिर २०७८, मंगलवार मा प्रकाशित

पोर्चुगलबाट सिकौं ग्रामीण पर्यटन प्रवर्द्धन

मङ्सिर ७,काठमाडौं ।युरोपियन मुलुक पोर्चुगल क्षेत्रफलको हिसाबले नेपालभन्दा सानो देश हो। विश्व मानचित्रमा नेपाल ९३ औं स्थानमा पर्दा पोर्चुगल १०९औं स्थानमा छ।

यसको क्षेत्रफल ९२ हजार सय ९१ वर्गकिलोमिटर भने यहाँको जनसंख्या करोड ३४ लाख हजार सय ९२ (जनगणना २०२१अनुसार) छ। पछिल्लो समय यहाँको जनसंख्या घट्दोदरमा छ। पोर्चुगलको भौगोलिक वनावट हावा पानी नेपालकै जस्तो छ। फरकयहाँ वाह्रै महिना हिउपर्ने हिमाल छैनन्। नेपालमा समुन्द्र छैन। 

भौगोलिक अवस्थिति मात्र होइन नेपाल पोर्चुगलबीच कयौं कुरामा समानता पाईन्छ। पर्यटकीय मुलुक पोर्चुगलले आधुनिक कृषिलाईसँगै अगाडि बढाएको छ।

विडम्वना पोर्चुगल नेपालमा कृषि उत्पादन पर्यटन आगमन आकाश पातालको फरक छ। हामीकहाँ वर्षेनी मिलियन पर्यटक आउनगाह्रो हुन्छ भने यहाँ २७ मिलीयनभन्दा बढी पर्यटक भित्रिन्छन्। 

पोर्चुगलभन्दा नेपाल कयौं गुणा पर्यटकीय क्षेत्रमा अगाडि , सुन्दर सान्त छ। तर भएका पर्यटीय क्षेत्रको प्रचारप्रसार पूर्वाधारमाविकासको कमि, राजनीतीक अस्थिरताको कारण नेपालमा सोचेजस्तो पर्यटक आउन सकेका छैनन्।

आन्तरिक पर्यटन विकास

पोर्चुगल पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२० कोरोना महामारीको बेला पनि पोर्चुगलको उत्तरी पर्यटकीय क्षेत्रमा १७ लाखभन्दाबढी आन्तरिक पर्यटक पुगे। लिजवनमा करिब १२ लाख, अलेन्तेजोमा लाख, मदैरैमा लाख नब्बे हजार, आसोरेसमा लाख नब्बेहजार, अल्गार्भमा ११ लाख आन्तरिक पर्यटक पुगेका छन्।

पोर्चुगलमा लिजवन, सिन्त्रा, पोर्तो, नाजारे, फातीमा, ओविदोस्, रियो फार्मेसा, कोयम्वरा, सेभिल्ला, सेरेदास्त्रेला, एल्भाश,  वार्गा, व्रागान्सा, लागोस्, प्रतिमाओ, सागरेस अल्गार्व, दोरो मदैरा टापु, आसोरेस टापु केही प्राकृतिक राष्ट्रिय पार्क मुख्य रूपमा विदेसीपर्यटकको रोजाईमा पर्छन्।

ग्राम्रिण पर्यटनमा अल्कुयभा, लेक ड्रोनेस, काजाल दे साओसिमाओ, आरोक्का भेलार्दे, मौरस रियो, देव्त्रो मनसारास्, वुद्धपार्कगुफालगायत १०० भन्दा बढी स्थान  आन्तरिक पर्यटकको प्रमुख गन्तव्य हो। 

यहाँ आन्तरिक पर्यटक भित्र्याउन स्थानीय सरकारनै लागि पर्छन्। आवश्यक पूर्वाधार तयार पार्छन्। सेवा सुविधामा कमि हुन दिन्नन।

पोर्चुगलले आन्तरिक पर्यटक प्रवर्द्धन कसरी गर्छ

पोर्चुगलमा आन्तरिक पर्यटन प्रवर्द्धन स्थानीय पर्यटकीय क्षेत्रको संरक्षण सम्भावित पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा यहाँ स्थानीयनिकाय आफैं अग्रसर हुन्छन्। 

कतिपय स्थानमा पर्यटनविद् नै राखिएको हुन्छ। आफ्नो क्षेत्रमा कसरी पर्यटकलाई भित्र्याउन सकिन्छ भनेर विभिन्न छलफल, गोष्टी, सेमिनार, उत्सव, मेला पर्वको आयोजना गरिन्छ। आफ्नो स्थानमा भएका पर्यटकीय सम्भावना बोकेका नदि नाला पहाड पर्वतलाईउनीहरूले कसरी हुन्छ प्रयोगमा ल्याईहाल्छन्। 

यसको  ताजा उदाहरणपोर्चुगलको लिरीया जिल्लाको एउटा सानो पर्यटकीय गाउँ काजाल दे साओसिमाओ  छ। गाउँ हेर्न समरमाकलकल बग्ने नदीमा जल विहार गर्न ठूलो संख्यामा यहाँ आन्तरिक पर्यटक आउँथे। दुई ठूलो पहाडको बीचमा रहेको खोलामा ठाउँठाउँमा साना झोलुङ्गे पुल बनाएको थियो। तर पर्यटक आगमनमा केही ह्रास आउन थाल्यो। 

त्यसपछि यहाँको स्थानीय सरकारले ठूला पहाडमा काठैकाठको किमी लामो हाईकीङ ट्रेल बनाइदियो। गत वर्षदेखि यो काठे सिँडीखुलेसँगै आन्तरिक पर्यटकको घुईँचो लाग्यो। 

पोर्चुगलका मिडियाले प्राथमिकताका साथ संरचनाको प्रचार प्रसार गरे। स्थानीय सरकारले आवश्यक पूर्वाधारहरू सार्वजनिकशौचालय, खाजानास्ताका लागि रेस्टुरेन्टको व्यवस्था गरिदियो। 

किलोमिटर लामो भीरमा काठैकाठको सिडीमा हाईकीङ गरि सँगैको नदीमा जलविहार गर्दै रमाउने पर्यटक ह्वात्तै बढेको छन्।

त्यस्तै अभाईरो जिल्लाको पाइभा नदी किनारमा काठैकाठको हाइकिङ ट्रेल बनाइएको छ। नदी किनारदेखि पहाडको टुप्पोसम्म किमीनागबेलीपिभा वाल्कमा हाइकीङ गर्न जानेको संख्या अत्यधिक थियो। यसकै देखासिखी गर्दै अन्य ठाउँमा पनि यस्ता काठे बाटोबनाउन थालेपछि स्थानीय सरकारले यहाँको पर्यटन विकासका लागि थप नयाँ प्रोडक्ट दिने योजना बनायो।

त्यसपछि ५१६ मिटर लामो झोलुङ्गे पुल बन्यो। यसलाई संसारकै लामो झोलुङ्गे पुल भनेर बिबिसीदेखि देश विदेशका प्रमुखसञ्चारमाध्यममार्फत  प्रचार प्रसार तिब्र पारियो।

पुलमा जान चाहनेका लागि प्रवेश शुक्ल १२ युरो तोकियो। अहिले यहाँ यो पुल अवलोकन गर्नेको घुइँचो लागेको छ। स्थानीय सरकारलेयहाँ पर्यटकका लागि स्तरीय होटल, स्थानीय गाइडलगायत व्यवस्था गरेको छ। 

त्यस्तै पोर्चुगलको दक्षिण भेगमा युरोपकै ठूलो ताल बनाइएको छ। विजुली निकाल्ने प्रायोजनका लागि बनाइएको यस तालमापर्यटकको लागि जलविहार गर्ने उत्कृष्ट थलो हो। यसका लागि सयौं डुङ्गा तयारी अवस्थामा राखिएको छ। 

समुन्द्रबाट अलिक टाढाको स्थानमा सासाना मुल तथा खोलालाई ड्याम बनाएर त्यहाँ साना बालबालिकादेखि ठूलासम्मका लागि हुनेमानव निर्मित सामुन्द्रीक तटकै झल्को दिने गरि किनार बनाएर पर्यटक लोभ्याइरहेको छ। यसको प्रचार प्रसारका लागि स्थानीयजनप्रतिनिधिले निकै मिहनेत गरेका छन्। 

यी केही उदाहरण मात्र हुन्। यहाँ यस्ता धेरै गुफा, नदी, खोँच तलाउलाई चिटिक्क पारेर पर्यटकीय स्थान बनाइएको छ। यस्तै खुल्लाठाउँमा पार्क, संग्रहालय या अन्य कुनै चिज बनाएर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएकै हुन्छन्।

हरेक ग्रामिण पर्यटकीय स्थानमा स्थानीय उत्पादलाई महत्व दिएको हुन्छ। रेस्टुरेन्टको मेनुमा स्थानीय उत्पादित वाईन या अन्यपरिकारको मूल्य कम हुन्छ। स्थानीय उत्पादनलाई बिक्रीका लागि राखिएको हुन्छ।

हरेक पर्यटकीय स्थानमा सूचना केन्द्र राखिएको हुन्छ।

पोर्चुगलबाट पर्यटन प्रवर्द्धनमा नेपालले के सिक्ने?

नेपाल पर्यटनको प्रचुर सम्भावना भएको मुलुक हो। प्राकृतिक रूपमा आन्तरिक तथा व्याह्य पर्यटनको लागि प्रकृतिले साथ दिएको छ।

नेपालका हरेक गाउँ गाउँमा केही केही प्राकृतिक सम्पदा छन्। साहसिक पदयात्रा छन्। प्रकृतिले दिएको सुन्दर प्राकृतिक छटा छन्।विभिन्न ठाउँमा अर्गानिक होमस्टेलगायत पर्यटनकलाई आकर्षित गर्ने प्रसस्त माध्यम छन्।

कुनै समय बाँदर लड्ने भीरमा अहिले दक्षिण एसियाकै लामो झोलुङ्गे पुल बनेको छ। नदी किनारमा पिङ बन्जी बनेको छ। पर्यटककोचहलपहल बाक्लिएको छ। कुनै समय सुनसान हुने न्यौपाने गाउँ यतिबेला सवैको आकर्षणको केन्द्र बनेको छ।

यस्ता पर्यटकीय प्रोडक्टलाई नेपालका स्थानीय निकायले चासो पहल गर्नुपर्छ। स्थानीय जनप्रतिनिधिले आफ्नो ठाउँको प्रचार प्रसार सम्भावित पर्यटकीय गन्तब्यलाई सकेको प्रचार प्रसार गर्नुपर्छ।

पर्यटन प्रवर्द्धन पर्यटकीय स्थललाई कसरी उपयोग गर्न सकिन्छ भनेर वहस तथा छलफल चलाउनुपर्छ। कसैले सहयोग गर्न चाहेमामाध्यम सहज बनाइदिनुपर्छ।

पर्यटकीय स्थानमा प्राथमिक सुविधा पानी, शौचालय तथा न्युनतम् पुर्वाधारको विकास गर्नुपर्छ। आफ्नो गाउँ ठाउँको प्रचार प्रसार गरिविश्व समुदायमा पुर्‍याउनुपर्छ। 

हामीले सकै आफैं नसके अरूबाट देखेर, सिकेर, अवलोकन अध्ययन गरेर भए पनि पर्यटन प्रवर्द्धन गर्न सक्नुपर्छ गर्नुपर्छ।

Facebook Comment

छुटाउनुभयो कि?