लाइसेन्स लिएर मान्छे बोक्नेहरू!

पर्यटन बजार३ पुष २०७८, शनिबार मा प्रकाशित

लाइसेन्स लिएर मान्छे बोक्नेहरू!

पुस , काठमाडौं पूर्वी नेपालको एक परिचित धार्मिक पर्यटकीय क्षेत्र हो पाथीभरा। नेपालकै दोस्रो विश्वकै तेस्रो अग्लो हिमश्रृंखला कञ्चनजंघाकोकाखमा रहेको सुन्दर पाथीभरा क्षेत्रको चुचुरोमा पाथीभरा मन्दिर छ। मनले चिताएको पूरा गरिदिने विश्वास गरिने यो मन्दिर पुग्न सजिलोछैन।  

समुद्री सतहबाट करिब हजार सय मिटर उचाइमा रहेको मन्दिर पुग्न पहिले झापा पुग्नुपर्छ। 

चारआलीबाट मेची राजमार्ग समातेर जीप चढी इलाम, पाँचथर हुँदै ताप्लेजुङको फुङलिङ पुग्नुपर्छ। 

उच्च पहाडी राजमार्ग साँघुरो घुमाउरो छ। चारआलीबाट २७० किलोमिटर दूरीलाई जीपले छिटोमा पनि घण्टा लगाउँछ। फुङलिङबाटअझै पहाडतिर लागेपछि किलोमिटरमा सुकेटार विमानस्थल आउँछ। त्यहाँसम्म पिच बाटो नै छ। तर, विमानस्थल कटेपछि कच्ची बाटोआउँछ। त्यसपछि १३ किलोमिटर अप्ठ्यारो कच्ची सडक पार गरेपछि आउने काफ्लेपाटी नै गाडी पुग्ने अन्तिम बिन्दु हो। 

त्यसपछि ढुंगा छापिएको ठाडै उकालो बाटो सुरू हुन्छ। त्यहाँबाट मन्दिरको दूरी उति लामो छैन। तर, जसै उचाइ बढ्दै जान्छ, पैदलयात्रुको सास फुल्छ। 

उचाइको समस्याले गर्दा हावामा अक्सिजन कम हुन्छ। सास फेर्न गाह्रो हुन्छ। सास फेर्न गाह्रो भएपछि पाइला चाल्न अप्ठ्यारो हुन्छ। 

काफ्लेपाटीलाई सानो फेदी पनि भनिन्छ। पैदलयात्राका लागि त्यसलाई पहिलो आधार शिविर मान्दा हुन्छ। त्यसपछिको दुईकिलोमिटरमा गुराँसे डाँडा हुँदै ठूलो फेदी पुगिन्छ। 

यसलाई दोस्रो मुख्य आधार शिविर भन्दिए हुन्छ। किनकि, योभन्दा माथि बस्ने, खाने ठाउँ छैन। बस्ने खाने ठाउँ मात्रै होइन, मन्दिरपुग्दासम्म पानी पनि पाइँदैन। त्यही भएरै ठूलो फेदीको अन्तिम होटलको आँगनतिर मन्दिर व्यवस्थापनले नै ठूलो बोर्डमा लेखेको –‘योभन्दा माथि पानी पाइँदैन, कृपया यहाँबाटै बोकेर जानुहोला।’ 

पानी नै नपाउने ठाउँमा मान्छे कसरी हिँड्ने होला ? यसै उकालो बाटो, अझै ढुंगा छापेको सिँढी ! मान्छे धेरै नै गल्छन्। 

बिहान उज्यालो नहुँदै उकालो लाग्ने तीर्थालुलाई सघाउन त्यहाँ क्रियाशील –‘लोकल ट्याक्सी 

हालै हामी त्यहाँ पुगेका थियौं। गुराँसे डाँडाको अभिषेक होटलबाट बिहानै साढे बजे हामीले यात्रा सुरू गर्यौं।

/ मिनेट हिँडेपछि नै हाम्रो सास फुल्न थाल्यो। अँध्यारोमै सर्यािकसुरूक गर्दै हातमा नाम्लोजस्तै कपडाको फित्ता बोकेका युवाहरूदेखिए। भने–‘लौ है लोकल ट्याक्सी आयो।’ 

के हो यो भनेको ?’, मैले सोधेँ। 

हामी मान्छे बोक्न आएको, यसैलाई यहाँ लोकल ट्याक्सी भनिन्छ’, एक जनाले भने, ‘तपाईंहरूलाई गाह्रो परेको भने भन्नुस्।’ 

हामीले पर्दैन भन्यौं। 

पर्दैन भन्यौं। तर, हाम्रो पिछा छोडेनन्। अलि माथिसम्मै सँगै हिँडे। जसै उकालो लाग्ने मान्छेहरू बढ्न थाले, नाम्लोजस्तो फित्ताबोक्नेहरू पनि बढ्दै गए। तिनीहरूले काठमाडौंमा ट्याक्सी चालकले लगाउनेजस्तै पहेंलो ज्याकेट लगाएका थिए। 

ज्याकेटको रङ चाहिँ पछि उज्यालो भएपछि थाहा पाएको ज्याकेटमातीर्थयात्री सहयोगीलेखिएको रहेछ। 

अझै केहीबेर हामी उनीहरूको बुइ चढ्न नमानेपछि तिनीहरू हराए। सायद अरू कसैको पिछा गर्न गए। 

केहीबेरपछि बुइँमा एक जना महिला बोकेका युवा हाम्रो पछाडि आइपुगे। मलाई अनौठो लाग्यो। त्यस्तै ज्याकेट लगाएका मान्छेले, उस्तैफित्तामा ती महिला बोकेका थिए। मलाई गफ गर्न मन लाग्यो। 

अहो ! गाह्रो भएको होला है ?’, मैले सोधें। 

गाह्रो छ। तर, ठीकै ’, बोक्ने युवाले भने। 

यसरी मान्छे बोकेको बदलामा उनीहरूले पैसा लिँदा रहेछन्, किलोको हिसाबले। 

काफ्लेपाटीबाट मन्दिर पुर्यालएको किलोको एक सय। फर्काएको पनि उस्तै दरमा। अर्थात् ५० किलोको मान्छे बोकेर लगे हजार फर्काएको पनि हजार नै। 

गफ गर्दै जाँदा थाहा भयो, ती महिला ५५ किलो थिइन्। उनको कबुल थियो हजार सय रुपैयाँको। हामी सामान्य झोला बोकेर हिँड्ननसकेको बेला ती युवा ५५ किलो भारी बोकेर पनि फटाफट हिँडिरहेका थिए। 

ती युवा थिएविपन बुढाथोकी। उमेर ३० वर्ष। वर्षदेखि मान्छे बोक्दै छन् विपन। 

कमाइ निकै राम्रो हुँदो रहेछ है ?’, मैले सोधेँ। 

दुःख पनि बेसरी नि सर।

दुःख नहुने कामै के ?’, उनले भने। 

विपन साउदी अरब गएका रहेछन्। बिदामा घर फिरेको त्यही बेला कोरोना महामारी सुरू भयो। विदेश फिर्न सकेनन्। वर्ष पुगेको छोरो श्रीमती पाल्नुपर्ने दायित्व थियो। 

काम गर्नै पर्योु। त्यसैबेला पाथीभरा पुग्नेहरूलाई बोक्न पाइन्छ रे, कमाइ राम्रो हुन्छ रे भन्ने थाहा पाए। अनि गइवरी बुझे। 

मान्छे बोक्न अनुमति लिनुपर्ने रहेछ। पाथीभरा क्षेत्र विकास समितिले लाइसेन्स दिँदो रहेछ। 

अनौठो लाग्यो, मान्छे बोक्नलाई पनि लाइसेन्स ? उनले भने–‘हो लाइसेन्स लिनैपर्छ।’ 

अनि कसरी पाइन्छ लाइसेन्स ?’

मुख्य कुरा बलियो हुनुपर्यो’, उनले भने, ‘इमानदार हुनुपर्योह, यात्रुको जिम्मेवारी लिनुपर्यो।’ 

इमानदार जिम्मेवार कसरी थाहा पाउने ? त्यसको छनोट क्षेत्र विकास समितिले गर्छ। 

स्थानीय हुनुपर्योग। हेर्दा बलिष्ठ हुनुपर्योव। इमानबारे कोही कोही जानकार हुनुपर्यो। 

विपनले लाइसेन्स लिए। क्षेत्र विकास समितिलाई नागरिकता बुझाए। यात्रुलाई सजिलो गरी मन्दिर पुर्याउँछु भनी कबुल गरे। अनि बोक्नथाले मान्छे। 

विपनले १२० किलोको मान्छे पनि बोके रे। एक्लैले चाहिँ होइन। जना मिलेर बोकेको’, उनले भने, ‘साह्रै गाह्रो गरेर लग्यौं।त्यतिठूलो मान्छे बोक्दा १२ हजार आएको थियो। जनाले हजार बाँडे। 

एक खेपमै यति धेरै पैसा आउँदो रहेछ है ?’, मैले सोधेँ,‘मासिक कमाइ धेरै हुने रहेछ नि!’

उनले भने,‘हिसाबमा धेरै देखिन्छ सर, सधैं मान्छे पाइँदैन नि ! कहिलेकाहीँ रित्तै फर्किनुपर्छ।’ 

विपन बिहान बजेतिर उठ्छन्। अब यात्रु हिँड्न थाले भनेपछि बाटोमा आइपुग्छन्। यस्सो विचार गर्छन्। मान्छे बुझ्छन्। गाह्रो भएको कि अनुमान गर्छन्। फटाफट हिँडेकाको पछि लाग्दै लाग्दैनन्। जो खुइय ! गर्दैछ, उसैलाई पछ्याउँछन्। जिस्काउँछन्–‘ लोकल ट्याक्सीआयो है, चढ्नुहोस्।सुरूमै चढ्न मान्दैनन्। अति गाह्रो भएपछि मात्रै सहमत हुन्छन्। 

कहिले तल्लो फेदीबाट पछि लाग्दा लाग्दै मन्दिर पुगिन्छ, तै पनि बुइँ चढ्न मान्दैनन्’, उनले भने,‘अनि रित्तै घर फर्किनुपर्छ।’ 

त्यस्तो बेला साह्रै नमज्जा लाग्छ विपनलाई। 

यो पनि व्यवसायजस्तै हो’, उनले भने,‘मान्छे पछ्यायो, चढ्न माने बोक्यो, नमाने चुपचाप फर्कियो।’ 

मान्छे बोक्न सजिलो छैन। ठाडै उकालो, ढुंगाको सिँढी चढ्न रित्तै पनि गाह्रो छ। मान्छे बोकेर जतनले हिँड्न सजिलो हुने कुरै भएन।खुट्टादुखेर रातभर सुत्न गाह्रो हुन्छ’, उनले भने,‘एकदिन बोकेपछि अर्को दिन आराम गर्नुपर्छ।’ 

पाथीभरा क्षेत्रमा करिब सय जनाले लोकल ट्याक्सी चलाउने लाइसेन्स लिएका छन्। तर, सबै क्रियाशील छैनन्। अलि दिन बोक्छन्।त्यसपछि गाह्रो लाग्छ। कोही विदेश जान्छन्, कोही अरू काममा लाग्छन्।

विपनलाई पनि कहिलेकाहीँ फेरि विदेश जाऊँ कि झैं लाग्छ। काम गाह्रो लाग्छ। तर, मन्दिर पुर्या उनु धर्मको कुरा हो नि भन्ने पनिलाग्छ।पैसै कमाउनु भने धर्म गरेरै कमाउन ठीक’, उनले भने–‘यो काम पनि ठीकै छ।’ 

हाम्रो गति अझै कम हुँदै गएको थियो। विपनको गति उस्तै थियो। हामीसँग उनले दूरी बढाउँदै गए। हिँड्दा हिँड्दै उनी भारी पुर्यामएरपनि फर्किए। 

मन्दिरको केही मुनि भेटिएका उनले फेरि प्रस्ताव गरे,‘चढ्ने भए चढ्नु है, सस्तोमा बोकिदिउँला।’ 

हामी अडानमै थियौं कि हिँडेरै पुग्छौँ। उनी तलतिर झरे, हामीमाथि लाग्यौं। 

योबीचमा विपनजस्तै मान्छे बोक्नेहरू दर्जनौं देखिए। अनेक कामना बोकेर पाथीभरालाई गन्तव्य बनाउनेहरू लोकल ट्याक्सीको सहारालेअघि बढिरहेका थिए। 

मन्दिरबाट फर्किएर होटल आएपछि खाना खायौं। अझै हिँडेर आधा झर्नु थियो। थाकेका हामीलाई आफ्नो झोला बोक्न पनि गाह्रो भयो।फेरि आइपुगे टुप्लुक्कै उही विपन। 

झोला बोकिदिने हो ?’, विपनलाई सोध्यौं। 

कति वटा ?’

वटा।’ 

कति दिने हो ?’, उनले सोधे। 

कति लिने हो ?’, मैले सोधेँ। 

जम्मा सयमै वटा झोला बोक्ने प्रस्ताव उनले गरे। हामी सुरुक्कै मान्यौँ। उनले करापकुरुप पारे। सजिलै बोके, सजिलै झरे। 

उनले सजिलो गरी झोला बोकिदिएपछि हाम्रो झराइ झन् सजिलो भयो। काफ्लेपाटी आएपछि उनले आफैंले गाडी खोजिदिए। 

झोला गाडीमा हालिदिए। हिँड्नेबेला हँसिलो मुहार बनाएर उनले बिदा गरे। 

 

Facebook Comment

छुटाउनुभयो कि?