पर्यटक बढाउने नाममा बन्यजन्तुलाई हानी पुर्याउने कार्य निकुञ्जलाई स्विकार्य छैन – गणेश तिवारी

पर्यटन बजार२८ पुष २०७८, बुधबार मा प्रकाशित

पर्यटक बढाउने नाममा बन्यजन्तुलाई हानी पुर्याउने कार्य निकुञ्जलाई स्विकार्य छैन – गणेश तिवारी

पुष २८ ,चितवन। प्रदेश नं. २,३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । सन् २००० मा यो राष्ट्रिय निकुञ्ज ५४४ भन्दा बढी एकसिंगे गैंडालाई संरक्षण दिन सक्षम भएको थियो । तर, देशमा चलेको राजनीतिक द्वन्द्वका कारण सुरक्षा नीतिमा केही परिवर्तन भएपछि बढेको चोरी शिकारले गैंडाको संख्या सन् २००५ मा ३७२ वटामा झर्‍यो । संरक्षणको अथक प्रयासबाट सन् २०११ मा गैंडाको संख्या बढेर ५०३ पुगेको थियो भने सन् २०१५ मा यो संख्या बढेर ६०५ पुगेको छ ।

वि.सं. २०५३ मा निकुञ्ज वरपरको ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरू संचालन भईरहेका छन् । मध्यवर्ती क्षेत्रमा पर्ने बीसहजारी ताललाई सन् २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रुपमा सूचीकृत गरिएको छ । यस निकुञ्जले बाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई पनि सँगालेर राखेको छ । स्थानीय बासिन्दाहरूको जीविकोपार्जनमा सहयोग पु¥याउन प्रत्येक वर्ष कम्तीमा एक हप्ताको लागि खर, ढड्डी आदि संकलन गर्नका लागि राष्ट्रिय निकुञ्ज खुला गरिन्छ । वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा स्थानीय बासिन्दालाई रोजगारीको अवसर प्राप्त हुनुका साथै राजस्व संकलनमा समेत टेवा पुगेको छ । १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।प्रस्तुत छ ,चितवन राष्ट्रिय निकुञ्जको बारेमा सूचना अधिकारी गणेश तिवारी संग गरिएको कुराकानी।

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकको सहज र सुबिधामय यात्राको लागि कस्तो कार्य गर्दै आएको छ ?
यस राष्ट्रिय निकुञ्जले धेरै कुरामा पर्यटक हरुलाई सहज वातावरण मा घुम्ने अवसर प्रदान गरेको छ। पर्यटकले यहाँ आएर सजिलो तरिकाले जिप बाट ,हात्ती बाट जंगल सफारी गर्न सक्छन। त्यस्तै जंगल वाक गर्न सक्छन , जंगल भित्र भएका सिमसार क्षेत्र को अवलोकन गर्न सक्छन। यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । सन् २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् र यिनै बिबिध चिजलाई अवलोकन गरेर पर्यटकले फरक अनुभूति गर्न सक्ने अवस्था चाहिं निकुञ्जले सिर्जना गरिदिएको छ । त्यस्तै गरेर जंगलको बीच बिचमा सडक निर्माण गरेर समेत पर्यटकको यात्रालाई छिटो र छरितो बनाउन निकुञ्जले मद्दत गरेको छ।

निकुञ्जले निषेध गरेका कुरा अन्तर्गत के के कार्यहरु पर्दछन ?
निकुञ्जले चाहिं बिशेष गरेर बनजंगल र यहाँ भएका जीव जन्तु को सुरक्षा मा बिशेष ध्यान दिने हुँदा ति संग सम्बन्धित सबै कुरामा नै निषेध गरेको छ। जस्तै भन्नुपर्दा जिवजन्तुको चोरी शिकार , रुख बिरुवा काट्ने ,वातावरणमा नकारात्मक असर पर्ने लगायतका कार्यहरुलाई चाहिं यस निकुञ्जमा पूर्णतया बन्द गरिएको छ।

निकुञ्जमा भएका जीवजन्तुको सुरक्षा कसरी गर्नुहुन्छ ?
निकुञ्जले समय समयमा हात्ती परिचालन गरेर निकुञ्ज परिसर मा अवलोकन गर्ने गर्दछ। सो समयमा जनावरमा देखिएका कुनै रोग ,कुनै समस्या भएमा उनीहरुको रेस्क्यु गरेर उपचार गरिन्छ र ठिक भएपछी पुन जंगल मै छाडिन्छ। त्यस्तै पर्यटकबाट पर्न सक्ने नकारात्मक प्रभावबाट पनि जोगाउने प्रयास गरिन्छ।

निकुञ्जले आवश्यक भन्दा कडी कडाई गरेर पर्यटकीय क्रियाकलाप बढाउन नपाइएको पर्यटन व्यवसायीको गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सौराहा भनौ या पुरै चितवनमा पर्यटक आउने भनेको मुख्य कारण नै जंगल सफारी र जिव जनावरलाइ सुरक्षित तरिकाबाट नियाल्न पाइयोस। तर तिनै बनजंगल र बन्यजन्तु को संरक्षण गर्न सकिएन भने भोलि यो निकुञ्जको अस्तित्व नै मेटिन्छ। नयाँ नयाँ क्रियाकलाप बढाउँदा केहिसमय त ह्वात्तै पर्यटक बढ्लान तर दिर्घकाल मा गएर यो निकुञ्ज , निकुञ्ज रहदैन।अनि यहाँका जीवलाई पनि त आराम चाहिन्छ , दिन रातै हामीहरुले उनीहरुलाई डिस्टर्ब गर्न मिल्दैन। त्यसैले हामीले पर्यटन व्यवसायी संगै हाम्रो निकुञ्ज , यहाँका जिवजन्तु , बनजंगललाइ पनि उत्तिकै महत्व दिंदै भविष्य लाइ सोचेर कडाइ गर्ने गरेका हौँ।

बर्षेनी यस निकुञ्जमा कति पर्यटकको आगमन हुनेगर्दछ ?
आर्थिक बर्ष २०७५/७६ को कुरा गर्नुपर्दा करिब १ लाख ८७ हजार पर्यटक यहाँ आएको तथ्याङ्कमा देखिएको छ भने ७६/७७ को आर्थिक बर्षमा कोभिडका कारण लगभग निकुञ्ज बन्द कै अवस्थामा रहयो। त्यस्तै आर्थिक बर्ष ७७। ७८ मा भने कोभिडको थोरै सुधार संगै पर्यटकको आगमनमा समेत सुधार आउँदा ९८ हजार पर्यटक निकुञ्जमा भित्रिएको देख्न सकिन्छ। यो तथ्यांक हेर्दा के बुझ्न सकिन्छ भने प्रत्येक बर्ष चितवन राष्ट्रिय निकुञ्जले १ लाख भन्दा बढी पर्यटकलाइ आकर्षण गर्ने क्षमता राख्दछ।

निकुञ्जको टिकट बाट उठेको रकम के के मा खर्च गर्नुहुन्छ ?
निकुञ्ज बाट उठेको रकम सिधै ने[पाल सरकारको राजश्वमा जम्मा हुनेगर्दछ। पछि कुल रकमको ३० देखि ५० प्रतिशत सम्मको रकम चाहिं निकुञ्जमै फर्किने गर्दछ। त्यसबाट हामीले निकुञ्जको सुधार र संरक्षणमा , स्थानीयको आर्थिक तथा सामाजिक सुधारमा खर्चिने गर्दछौं।

निकुञ्जका भावि योजनाहरु के के छन् ?
निकुञ्जको मुख्य उदेश्य नै यहाँ भएका जैविक विविधताको संरक्षण हो। त्यसैले भावी दिनमा पनि यहाँ भएका सिमसार , ताल तलैयाको स्तरोन्नति गर्ने ,बन्यजन्तुको बास स्थान सुधार गर्ने , पर्यापर्यटन बिकासको लागि बाटो बनाउने लगायतका कार्यमा अघि बढ्ने हाम्रो योजना छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय बिद्यार्थी जो अध्यन अनुसन्धान गर्न आउने बिद्यार्थीले के गर्नुपर्छ ?
अध्ययनका लागि आउनेले चाहिं सुरुमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सं रक्षण बिभागबाट स्वीकृति लिनुपर्ने हुन्छ। र त्यहाँ बाट स्वीकृति प्राप्त भएपछी निकुञ्जले पनि स्वीकृति दिने गर्दछ त्यसपछि बिद्यार्थीहरुले आफ्नो अध्ययनको गतिबिधि बढाउन सक्नुहुन्छ। अध्यन अनुसन्धानका क्रममा कुनै समस्या आए हामीले सहजीकरण समेत गरिदिने गर्दछौं।
निकुञ्ज आउने पर्यटकलाइ के भन्न चाहनुहुन्छ ?
चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न चाहने पर्यटकलाई म के भन्न चाहन्छु भने , यस निकुञ्जमा आउनुस बन्यजन्तुको अवलोकन गर्नुस , हरियाली वातावरणमा राम्नुस र नयाँ अनुभूतिका साथ् फर्किनुस भन्न चाहान्छु। यस निकुञ्ज मा घडियाल प्रजनन केन्द्र , हात्ती प्रजनन केन्द्र , बाघ , गैंडा ,२० हजारी ताल , नन्द भाउजु ताल लगायतका बिबिध स्थानहरु रहेको पनि जानकारी गराउन चाहान्छु।

अन्त्यमा चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण तराइको पारिस्थितिक प्रणालीको प्रतिनिधित्व गर्दछ। त्यसैले यस रह्त्रिय निकुञ्जलाइ जोगाइराख्न सबै क्षेत्रले सहयोग गरिदिन आग्रह गर्दछु।

Facebook Comment

छुटाउनुभयो कि?