पर्यटन बजार३ फाल्गुन २०७८, मंगलवार मा प्रकाशित
फागुन ३ ,काठमाडौं|आज पहाडी भेगको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पानी र हिउँ पार्ने कुनै पनि प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली रसुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद्राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले देशको पहाडी भूभागमाआंशिक बदली र तराईका केही भूभागमा हुस्सु लागेको भएपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
हुस्सु हट्दै गएपछि दिउँसो न्यानो हुनेछ । तर बिहान बेलुकी भने अझै केही दिन चिसो हुने भएकाले ख्याल गर्न मौसमविद् प्रधानाङ्गलेआग्रह गर्नुभएको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit