रात्रिकालीन व्यवसाय अब २४ सै घण्टा संचालन गर्न पाइने

पर्यटन बजार२६ फाल्गुन २०७८, बिहीबार मा प्रकाशित

रात्रिकालीन व्यवसाय अब २४ सै घण्टा संचालन गर्न पाइने

फाल्गुन २६,काठमाडौं । सरकारले लामोसमयदेखी रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।

गृह मन्त्रालयले होटल, रेस्टुराँ, डान्स-दोहोरी-क्लब, लाउन्जबार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।

पछिल्लो समय नेपालमा स्थान अनुसार काहीँ प्रहरीले रेस्टुरेन्टहरुलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने काहीँ स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिएको थियो ।

सरकारको यस निर्णयप्रती ब्यवसायिहरुले खुशी ब्यक्त गरिरहेका छन ।

Facebook Comment

छुटाउनुभयो कि?