पर्यटन बजार७ चैत्र २०७८, सोमबार मा प्रकाशित
चैत ७, काठमाडौं । भिलेज टुरिजम एसोसिएसन अफ नेपाल (भिटोफ) को स्थगित भएको निर्वाचन फेरी हुने भएको छ । निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदकोलागि उम्मेदवारी दिनेहरु पनि बिस्तारै बाहिर देखिन थालेको छ्न् । भिटोफको आगामी नेतृत्वका लागि अध्यक्षको सशक्त दाबेदार व्यक्तित्वका रुपमा पर्यटन ब्यबसाय र समाजसेवालाई साथसाथै अगाडी बढाइ रहेकी जस्फा पाण्डेको नाम अग्रपङ्तिमा देखिएको छ । पाण्डे भिटोफ नेपालकी वर्तमान महासचिव पनि हुन् । उनिसङ्ग पर्यटन बजारले गरेको कुराकानी ।
तपाईको नजरमा भिटोफ नेपाल के हो ?
भिटोफ नेपाल त्यो संस्था हो जसले दुर दराजमा रहेका गाउँ जहाँ पर्यटनका थुप्रै सम्भावनाहरु हुदाहुदै पनि सीप, पहुँच, प्रबिधि, भौगोलिक बिकटताका कारण तपाईहाम्रो नजर सम्म आइपुग्न सकेका छैनन् त्यस्तै क्षेत्रको पहिचान गरी त्यहाँको मौलिकता, सस्कृती, चालचलनको जगेर्ना गर्दै त्यसैलाई ब्राण्ड बनाएर पर्यटकहरु त्यहाँ सम्म पुग्ने आधार बनाईदिने एउटा संस्था हो ।
भिटोफमा तपाईको उम्मेदवारी किन ?
पुराना अध्यक्ष ज्युहरुको कामलाई उच्च मूल्याकंन गर्दै हाम्रा मौलिक सँस्कृतिहरुलाई जोगाउदै, प्रर्वद्धन गर्दै गाँउ गाँउमा उद्यमशिलताको विकास गर्ने लक्ष्य लियर पहिलो पटक भिटोफको महिला नेतृत्वका लागी आफुलाई अघिसारेकी छुँ । म एक महिला भएको नाताले यो क्षेत्रमा महिलाले केही गर्न सक्छन् जसको लागि हामिले प्लाटफर्म तयार गर्दिनु पर्ने देखेको छु । महिला उद्यमशिलता, सिपको विकास अनि गाँउका उत्पादन, भेषभुषाको प्रर्वद्धन गरि गाँउमै रोजगारी समेत सृजना गर्ने कार्ययोजना सहित मैले उम्मेदवारी दिएको हो ।
तपाईको एजेन्डाहरु ?
म भिटोफको अध्यक्ष हुर्दै गर्दा मैले चलाउने अभियान एवं कामको संक्षेप विवरण भन्नुपर्दा
-भिटोफको इतिहासमै पहिलो पटक महिला नेतृत्व ।
-गाँउ गाँउमा महिला उद्यमशिता दोव्वर पारिनेछ ।
– पर्यटन मार्फत नेपाली गाँउहरुलाई विश्वमाझ ल्याउने अभियान चलाइने छ ।
-स्थानिय परिकारहरुको विश्वव्यापिकरणका लागी अभियान चलाइने छ ।
-स्थानिय रिती रिवाज सँस्कृतिको जर्गेना र प्रर्वद्धनका कार्यक्रम चलाइने छ ।
– स्थानिय उत्पादनको व्यवसायीकरण गर्नेका लागी कार्यक्रम गरिने छ ।
-विदेशी पर्यटकहरुलाई गाँउ गाँउमा पुरायर नेपाली मौलिकताको अनुभव गर्ने कार्यक्रम चलाइने छ ।
-आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
-गाँउ प्रर्यटन पूर्वाधारका लागी , सरकार एवं अन्तराष्ट्रिय समुदाय सँगको समन्वयमा काम गरिने छ ।
अन्त्यमा,
म भिटोफको पहिलो महिला अध्यक्षको प्रतिस्पर्धामा उत्रेर पहिलो महिला नेतृत्वको लागि भोट मागिरहदा महिला भएरै किन भोट दिने भन्ने प्रश्नहरु आउन सक्छन् । म तपाईहरु समक्ष भन्न चहान्छु कि मैले पर्यटन क्षेत्रलाई राम्रो सङ्ग बुझेको छु, साथै भिटोफलाई पनि । यो पदको लागी म सक्षम छु ।मैले पनि उतिकै वा अझ बढी भुमिका निभाउने छु जति अहिलेसम्मको अध्यक्षद्वयहरु द्वारा यस सस्थाको हितको लागि काम भएको थियो । मलाई विश्वास छ, नेपालमै बसेर नेपाली माटोलाई मायाँ गर्ने मेरो संकल्पलाई राजनीतिक आँखाले नहेरी हजुरहरु सवैको इमान्दार साथ सहयोग गरि भिटोफ अध्यक्षमा विजयी वनाउनुहुनेछ भन्ने विश्वास लिएकी छुँ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit