पर्यटन बजार१७ चैत्र २०७८, बिहीबार मा प्रकाशित
चैत १७ ,काठमाडौँ। पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समय दिएको थियो।
बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौँता रकम नबुझाएका कारण पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरेको हो।
पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीलेका अनुसार सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम बुझाउन तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिइएको थियो। “सो बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौं , उनले भने ।”
पर्यटन विभागले दिएको जानकारीअनुसार रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ बुझाउन बाँकी छ।
पटकपटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्रचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र र अनुमतिपत्र रद्द गरिएको विभागले जनाएको छ। आर्थिक वर्ष २०७६र०७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ।
हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ। (रासस)
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit