सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने

पर्यटन बजार१६ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने

वैशाख १६,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२०’ का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गर्ने भएको छ । मन्त्रालयले साहलाई पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सद्भावना दूतमा नियुक्त गर्न लागेको हो ।

सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन् । लन्डनमा भएको बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायकहरूको मन जितेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?