पर्यटन ऐन ब्यवसायिको हित बिपरित छ – नबराज दाहाल

पर्यटन बजार१६ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

पर्यटन ऐन ब्यवसायिको हित बिपरित छ – नबराज दाहाल

बैशाख १६,काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पर्यटन सम्बद्ध संस्थाबिच “पर्यटन ऐन”को बिषयमा छलफल गरेको छ । बागमती प्रदेशले पर्यटन ब्यवसायिको हित बिपरित पर्यटन ऐन ल्याएको भन्दै सो उपर छलफल गरेको हो ।

बागमती प्रदेशले हालै सार्वजनिक गरेको यो एन गुपचुप रुपमा आएको र पर्यटन ब्यवसायी सङको छलफल बिनै आएकोले सर्वमान्य नहुने टानका निबर्तमान अध्यक्ष नबराज दाहालले बताएका छन। चालू चुक्ता पुजि अश्वभाविक रुपमा बढाएर साना ब्यवसायिलाइ निरुत्साहित गर्न र पुजि भएका ब्यवसायीलाई मात्र हितकारी हुने गरि ऐन आएको दाहालले बताएका छन ।                                                     

कोरोनाको समयमा ब्यवसायीलाई राहत हुनेगरी आउनुपर्नेमा झन निरुत्साहित पार्ने योजना सहित आएको यस ऐन बिरुद्ध पर्यटन सम्बद्ध संस्थाले संयुक्त रुपमा बिज्ञप्ति जारी गरेर बिरोध गर्नुपर्ने बताएका छन ।

त्यस्तै दाहलले यस्ता ऐन केन्द्र बाट नै आउनुपर्ने सुझाब समेत राख्नुभएको छ ।” अहिले बागमती प्रदेशले एक खाल्को ऐन ल्यायो भोलि गण्डकी प्रदेशले ल्याएको ऐन अर्कै होला , हामिले त अन्तरप्रदेशिय समन्वय गर्नुपर्ने हुन्छ , यसरी त झन ब्यवसायिहरु बिच द्वन्द्व उत्पन्न नहोला भन्न सकिन्न ” उनले भने।

Facebook Comment

छुटाउनुभयो कि?