पर्यटन बजार२० बैशाख २०७९, मंगलवार मा प्रकाशित
चर्चित गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन उनले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बिचमा पुगेर एकल कन्सर्ट गरेर हुन् ।
उनले आफ्नो सार्वजनिक नभएको ‘हिमालले डाक्यो मलाई, पहाडले सम्झियो मलाई, त्यसैले त फकिए म आफ्नै नेपालमा, मेरो हिमालमा’ बोलको नयाँ गीत यहाँ गाएका थिए ।’ लामाले यो गीतमा आफूहरुले प्रकृति, आफ्नो संस्कृतिलाई जोगाउन र जलवायु परिवर्तनको कुराहरुलाई समेटेर बनाएको बताए । उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू पनि गाएका थिए।
जलवायु परिवर्तनको सन्देश दिन आफूले क्याम्प–२ र क्याम्प–३ बिचमा ६,५७४ मिटरको उचाइमा पुगी कन्सर्ट गरेको उनले बताएका छन् । ‘कन्सर्ट एकदम राम्रो भएको र अरु बेला गर्ने कन्सर्टहरुभन्दा यो कन्सर्टले फरक अनुभव प्राप्त भएको समेत उनले बताएका छन् ।
उनले अप्रिल २८ तारिखका दिन एकल कन्सर्ट गरेका थिए । लामा अहिले सगरमाथा बेस क्याम्पमा रहेका छन् ।लामाले आफ्नो एकल कन्सर्ट २५–३० मिनेटको रहेको जानकारी दिए ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit