डेल्फिक काउन्सिलको सार्क हेडक्वार्टर नेपालमा ल्याइने

पर्यटन बजार२३ बैशाख २०७९, शुक्रबार मा प्रकाशित

डेल्फिक काउन्सिलको सार्क हेडक्वार्टर नेपालमा ल्याइने

बैशाख २३ ,काठमाडौँ। कला तथा सँस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको संस्था “अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल”को सार्क स्तरिय सचिवालय नेपालमा ल्याइने भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीहरु र अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नाबीच छलफल शुरु भएको हो।

भारतको पहिलो राष्ट्रस्तरिय सम्मेलनमा अतिथीको रुपमा नेपालबाट काउन्सिलका अध्यक्ष श्रीदेब बिएल, उपाध्यक्ष जीवन पराजुली र सचिव सुर्य बहादुर राष्कोटी गुरुग्राम पुगेका थिए । सम्मेलनमा भारतको नेशनल काउन्सिल तथा २९ वटै राज्यका काउन्सिलका पदाधिकारीहरुको उपस्थिती थियो । नेपालमा सार्क स्तरिय सचिवालय स्थापना गर्न सेक्रेटरी जनरल प्रसन्ना सकारात्मक देखिएको अध्यक्ष बिएलले बताए ।

‘हामीले नेपालमा नै सार्क स्तरिय सचिवालय स्थापनामा जोड दिएका छौं, बर्लिनको मुख्यालय सकारात्मक छ । आशा छ छिट्टै नै हाम्रो उक्त उद्देश्य पुरा हुनेछ’, अध्यक्ष बिएलले बताए । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका अध्यक्ष तथा संस्थापक क्रिस्चियन बी कर्स्च पनि यस बिषयमा सकारात्मक रहेको उनले बताए ।

कला र सँस्कृतिको माध्यमबाट मानव जातिहरू बीच शान्ति र सद्भावको पहल गर्न डेल्फिक काउन्सिलले बिश्वस्तरिय विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने गर्दछ, जसलाई डेल्फिक गेम भनिन्छ । डेल्फिक गेममा अभिनय, संगीत, चित्रकला, वास्तुकला, मूर्तिकला, साहित्य आदि पर्छन् । सन् २०२३ मा भारतमा राष्ट्रव्यापि डेल्फिक गेमको आयोजना हुँदैछ ।

१ सय ४७ देशमा स्थापित अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको मुख्यालय जर्मनीको बर्लिनमा रहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?