निर्वाचनका दिन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बन्द हुने
पर्यटन बजार२८ बैशाख २०७९, बुधबार मा प्रकाशित
वैशाख २८ ,चितवन। आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका दिन चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बन्द हुने भएको छ।चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले विज्ञप्ति जारी गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हुने सम्पूर्ण पर्यटकीय क्रियाकलापहरू उक्त दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।
जङ्गल ड्राइभ , डुङ्गा सय ,व्यावसायिक पर्यटन प्रवेश लगायतका पर्यटकीय गतिविधिहरू ३० गतेका दिन पूर्ण रूपमा बन्द गरिएको निकुञ्जले बताएको छ।