खुल्यो एनएमएको ताला, २७ र २८ मा निर्वाचन !

पर्यटन बजार१४ जेष्ठ २०७९, शनिबार मा प्रकाशित

खुल्यो एनएमएको ताला, २७ र २८ मा निर्वाचन !

जेठ १४,काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को तालाबन्दी ५ दिनमा खुलेको छ।एभरेस्ट डेको पुर्वसन्ध्यामा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ र एनएमए बिच सम्झौता भएपछि आज एनएमएमा लागेको ताला खुलेको हो।   

सर्वोच्च अदालतमा विचाराधीन रहेको माउण्टेन गाईडको मुद्दा अन्तिमरुपमा टुँगो नलागेसम्म सो मुद्दाको प्रतिरक्षा तथा पुनरावलोकन एनएमले गर्ने र श्रमिक संघका तर्फबाट नियुक्त कानूनी व्यवसायीलाई समेत सो मुद्दाको बहस पैरवीका लागि समावेश गरी यस मुद्दाका सम्बन्धमा लागेको खर्च संघले व्यहोर्ने गरि पहिलो सम्झौता भएको छ।

साथै यस सम्बन्धमा सबै सरोकारवालाहरुको संयुक्त प्रयासमा उक्त मुद्दा यथासक्य चाँडो टुँगो लगाउने सम्बन्धमा आवश्यक पहलकदमी समेत गर्ने र श्रमिक संघ लगायतका सरोकारवाला संघसंस्थाहरुको प्रतिनिधि रहको समिति गठन गरी देहायका विषयहरुमा कार्यविधि बनाई कार्यान्वयन गरिनेछ र सो कार्यविधि मस्यौदा गर्ने कार्य संघका नवनिर्वाचित पदभार ग्रहण गरेको १ महिनाभित्र शुरु गरिने लगायत अन्य मागहरुमा निटोग र एनएमए बिच सम्झौता भएको छ।           

सोमबारलाई डाकिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१ औं वार्षिक साधारण सभा अचानक स्थगित भएको घोषणा भएसँगै पर्यटन श्रमिकहरुले चर्को विरोध जनाउदै तालाबन्दी गरेका थिए । नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले सोमबार अपरान्ह संघको सचिवालय र प्रशासनिक कक्षमा तालाबन्दी गरेको थियो।

तालबन्दी खुला संगै एनएमएले आगामी जेष्ठ २७ र २८ गते निर्वाचन गरिने मिति समेत घोषणा गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?