हिमाली क्षेत्रका कालोबजारीको अन्त्य गर्नेछु – पर्यटनमन्त्री आले

पर्यटन बजार१५ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

हिमाली क्षेत्रका कालोबजारीको अन्त्य गर्नेछु – पर्यटनमन्त्री आले

जेठ १५,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटनलाई उकास्न हदसम्मकै प्रयासमा आफू लागेको बताएका छन। पिक अफ वर्ल्ड , प्राइड अफ नेपाल ” भन्ने मुल नाराका साथ आज मनाइएको पन्ध्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन ।                                                                                             केहिसमय अघि मात्र सगरमाथा बेस क्याम्पमा पुग्दा पर्यटक लाई लाइन काटेर त्यस क्षेत्रका ब्यवसायिले गर्ने कालोबजारी बाट आफू परिचित भएको समेत उनले बताएका छन । यस समस्याको हलका लागि आफुले सन्चार मन्त्री संग छलफल गरिसकेको उनको भनाइ छ।

उनले भने ” हिमाल हाम्रो सम्पती हो , इज्जत र मानसम्मान हो त्यसैले हिमालको रक्षा र आरोहिहरुको रक्षाको लागि मन्त्रालयले कुनै कसर बाकी राख्दैन। ”

प्रज्ञा भवनमा आयोजित औपचारिक कार्यक्रममा स्वागत मन्तब्य दिदै एनएमएका अध्यक्ष सन्तवीर लामाले विश्व बिख्यात नेपाली आरोहीलाई नेपालमै राख्न र उनिहरुको बुढेसकालको सहारा नेपाल सरकार बन्नुपर्ने माग राख्नुभएको छ।                                       

साथै उहाँले नेपालमा आरोहण कायम राख्न , रोजगारी बढाउन र घट्दो बिदेशि मुद्रालाइ बढाउन युवालाइ बिदेशिन बाट रोकि नेपाल कै पर्यटन ब्यवसायमा जोडेर अघि बढ्न समेत आग्रह गरेका छन।

कार्यक्रममा बोल्दै प्रख्यात आरोही कामिरिता शेर्पाले नेपालको हिमाल बारम्बार हिमाल आरोहण गर्नेलाइ पनि नेपाल सरकारले माउन्टेन गाइड को लाइसेन्स नदिएकोमा उनले दुख ब्यक्त गरे। ८ जना मात्र मानिसले बाटो खोल्ने र डोरि जोड्ने काम सम्भव नहुने हुँदा कम्तिमा पनि १४ जनाको टोलि अनिवार्य रहेकोले जनशक्ती थप्न आग्रह गर्नुभयो। मानिसहरुले सोचे जस्तो बाटो खोल्न सहज नभएको समेत बताउदै उनले टिममा सबैको साथ अति अनिवार्य रहेको बताए। साथै उनले हरेक बर्ष डोरिको रङ परिवर्तन गर्न समेत उनले सुझाब दिए।   

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले दिवस मनाउनुको औचित्यबारे प्रकाश पार्दै पुरस्कृत आरोहीको विवरण घोषणा गरेका थिए।

त्यस्तै टानका अध्यक्ष खुम बहादुर सुबेदिले पर्यटन क्षेत्र सम्बद्ध संस्थासंग पर्यटन मन्त्रालयले महिनामा एकपटक छलफल गरेर यस क्षेत्रमा देखिएका समस्या , चुनौती र अवसर बारे जान्न आग्रह गरेका छन।                                                                             
कार्यक्रममा एक लाख राशिको अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार प्रख्यात आरोही निर्मल पुर्जालाई प्रदान गरिएको छ। यस्तै, ५० हजार राशिको तेञ्जिङ हिलारी पुरस्कार पर्वतीय पर्यटनमा उल्लेखनीय योगदान गर्ने र विभिन्न कीर्तिमान कायम गर्ने टासीलाक्पा शेर्पा, मिङमा ग्याल्जेन शेर्पा, खिमलाल गौतम र दाबा शेर्पालाई प्रदान गरिएको छ।

मूल आयोजक समितिले आज काठमाडाैँमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, पर्यटन क्षेत्रका अगुवा व्यक्तित्व, कीर्तिमानी आरोही, पर्यटन व्यवसायीलगायतको सहभागीता रहेको थियाे।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए।

Facebook Comment

छुटाउनुभयो कि?