पर्यटन बजार२२ जेष्ठ २०७९, आईतवार मा प्रकाशित
जेठ २२,काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने भएको छ ।
पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन् भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit