महिला रिभर गाइड तालिम भोटेकोसीमा सुरु

पर्यटन बजार१ असार २०७९, बुधबार मा प्रकाशित

महिला रिभर गाइड तालिम भोटेकोसीमा सुरु

असार १,काठमाडौं । नेपाल पर्यटन बोर्ड र युएनडीपीको समन्वयमा नाराले भोटेकोसीमा महिला रिभर गाइड तालिम सन्चालनमा ल्याएको छ। “जिविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना” संगको साझेदारीमा नेपाल एसोसियसन अफ र्‍याफ्टिङ्ग एजेन्सीज (नारा) को आयोजनामा ५३ जना महिलालाइ निशुल्क तालिम सञ्चालन मा ल्याइएको हो।

नेपालको इतिहासमै पहिलो पटक नाराले महिला रिभर गाइडको निशुल्क तालिम सन्चालनमा ल्याएको नाराका अध्यक्ष शिब अधिकारीले बताएका छन । “यो तालिम आज अर्थात् असार १ देखि असार १५ सम्म २ साता सन्चालन हुने छ” उनले बताए।               

जलयात्रामा युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उदेश्य बोकेर तालिमको आयोजना गरिएको अध्यक्ष अधिकारीले जनाए। हाल र्याफ्टिङ को महत्व नबुझ्दा , र्याफ्टिङ एजेन्सिजका समस्या नबुझ्दा हाम्रो ब्यवशाय नै जिर्ण हुने अवस्थामा पुगिसक्यो त्यसैले समयमै यसको जगेर्नाका लागि हामी अग्रसर भएका हौ , उनले भने।

नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मिले नाराले प्रभावकारी कार्यको सुरुवात गरेको र त्यस कार्यको हिस्सा बन्न पाउँदा खुशी लागेको बताए।

संसार कै उत्कृष्ट ७ औं नम्बरमा पर्न सफल नदिमा आयोजित महिला जलयात्रा तालिममा समन्वय गर्न अवसर मिलेको र यस तालिमले सार्थकता पाउनेमा आफू बिश्वस्त रहेको यु एन डि पि कि कर्मचारी कल्पना सरकारले बताएकी छन।

त्यसैगरी नाराले नदिलाइ सफा र सुरक्षित राख्न गाउँपालिकालाइ सुझाब दिएको छ। फोहोर नदिमा पर्यटकहरु र्याफ्टिङ गर्न नरुचाउने जानकारी गराउदै जतिसक्दो नदिलाइ सफा र सुन्दर बनाउन सल्लाह दिएको छ।

आजको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि,युएनडिपि ,पत्रकार महासंघका प्रतिनिधि , नाराका सदस्यहरु ,प्रशिक्षक, स्थानिहरुको उपस्थिती रहेको थियो।

 

Facebook Comment

छुटाउनुभयो कि?