अब ४० चलचित्रकर्मीले भीआइपी कक्षप्रयोग गर्न पाउने

पर्यटन बजार२ असार २०७९, बिहीबार मा प्रकाशित

अब ४० चलचित्रकर्मीले भीआइपी कक्षप्रयोग गर्न पाउने

असार २, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

उहाँहरुले विमानस्थलमा भीआईपी (अति विशिष्ट÷विशिष्ट कक्ष प्रयोग गर्न पाउने भएका छन् । चलचित्र विकास वोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उहाँहरुले भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका छन् । वोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।
विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरुमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायतका रहनु भएको छ । वोर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआइपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । बिसं २०७३ सालमा वोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?