खप्तड प्रवर्द्धनका निम्ति डकुमेन्ट्री प्रतियोगिता

पर्यटन बजार२ असार २०७९, बिहीबार मा प्रकाशित

खप्तड प्रवर्द्धनका निम्ति डकुमेन्ट्री प्रतियोगिता

असार २, काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले भिडियो डकुमेन्ट्री प्रतियोगिता गर्ने भएको छ । खप्तडको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्वबारे देश तथा विदेशमा प्रचार गर्न यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागिताका लागि अंग्रेजी वा नेपाली भाषामा तयार पारिएको बढीमा सात मिनेट लामो भिडियो असार ८ गतेभित्र इमेलमा पठाउन समितिले आग्रह गरेको छ । खप्तडको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका विषयबस्तुलाई आधार मानेर भिडियो बनाउनुपर्ने भनिएको छ ।

उत्कृष्ट एक भिडियो डकुमेन्ट्रीले ६० हजार पुरस्कार प्राप्त गर्नेछ । समितिले भिडियोसंगै फोटो, निबन्ध र कविता प्रतियोगिता पनि आयोजना गरेको छ । निबन्ध र कविता प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैंया पुरस्कार दिइनेछ ।

दोस्रो हुनेको हकमा १५ हजार पुरस्कार तोकिएको छ । त्यस्तै, फोटो प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौं सबैलाई पुरस्कृत गरिनेछ । फोटो उच्च गुणस्तरको हुनुपर्ने समितिको भनाइ छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?