पर्यटन बजार६ असार २०७९, सोमबार मा प्रकाशित
असार ६, कठमाण्डौ। अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभा सुरु भएको छ।
पार्क भिलेज रिसोर्टमा सुरु भएको साधारण सभाको युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नका लागि लागि पर्नुपर्नेमा जोड दिएका छन्। अहिले नयाँ उद्योगको रुपमा खेलकुद अगाडि आएको दृष्टान्त दिँदै विकसित देशहरुले इभेन्ट आयोजना गर्नका लागि विभिन्न लविङहरु गरिरहेको बताए।
यसैगरी नेपाली खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागि परेको पनि जानकारी दिए। जसकाे नीति उसकै नेतृत्व भन्दै चुनावी साधारणसभाले उपयुक्त नेतृत्व छनोट गर्ने पनि बताए।यसैगरी खेलकुदलाई अहिले पर्यटनसँग जोड्ने बेला पनि आएको बताए। नेपालमा त्यसको सम्भावना प्रचुर रहेको पनि चर्चा गरे।
खेलकुदमा फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको प्रष्ट पार्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने पनि बताए। कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेप सधै प्रयास गर्ने बताए।
आज हुने चुनावले २१ सदस्यीय कार्यसमिति चयन गर्ने छ। अध्यक्षमा तीन जना प्रत्यासी रहेका छन्।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्डस क्लबका अध्यक्ष राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit