पर्यटनमन्त्री आलेलाइ जिम्मेवारमुक्त गर्न ब्यवसायिको माग

पर्यटन बजार७ असार २०७९, मंगलवार मा प्रकाशित

पर्यटनमन्त्री आलेलाइ जिम्मेवारमुक्त गर्न ब्यवसायिको माग

असार ७, काठमाडौँ ।पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरूको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेलाई जिम्मेवारमुक्त गर्न माग गरेका छन। मन्त्री आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न ब्यवसायिहरुले माग गरेका हुन् ।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन ।

Facebook Comment

छुटाउनुभयो कि?