ठमेल पर्यटन बिकास परिषद निर्वाचन : अधिकारी समुहले सार्वजनिक गर्यो प्रतिबद्धतापत्र

पर्यटन बजार२८ असार २०७९, मंगलवार मा प्रकाशित

ठमेल पर्यटन बिकास परिषद निर्वाचन : अधिकारी  समुहले सार्वजनिक गर्यो प्रतिबद्धतापत्र

असार २८,काठमाडौं । ठमेल पर्यटन विकास परिषदको २०७९ साल अषाढ ३२ गते हुन गईरहेको २५ औं, २६ औं र २७ औं साधारण सभा तथा निर्वाचनमा ध्रुव अधिकारी नेतृत्व समावेशी समुहले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ।

१.डिजिटल म्यापिङ
ठमेल पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रलाई आधुनिक प्रविधीमैत्री बनाउन अपरिहार्य भएकोछ । यस क्षेत्रलाई आधुनिक प्रविधीयुक्त क्षेत्र बनाउन यस क्षेत्रको हरेक प्रवेशद्धारहरुमा डिजिटल म्याप राखेर पर्यटक हरुलाई विना झन्झट यस क्षेत्रको होटल, रेष्टुराँ, ट्राभल, ट्रेकिङ अफिस, पसल तथा बाटो पत्ता लगाउन सजिलो हुने गरि यस ठमेलको नक्सांकन अनुसार म्याप यथासिघ्र राखिनेछ ।

२. ब्यवस्थित सुचना केन्द्र
पर्यटकको सुविधाका लागि ब्यवस्थित सुचना केन्द्रको निर्माण गरिनेछ ता कि सो सुचना केन्द्रको माध्यम बाट पर्यटकले ठमेल भित्रका बारेमा र नेपालभरको सुचना सही र सर्वसुलभ ढंगले पाउन सक्षम होस । पर्यटकलाई सहि सुचना सर्वसुलभ तरिकाबाट दिनसकेको खण्डमा समग्र नेपाली पर्यटन ब्यावसायको राम्रो र पोजेटिभ भाईव विश्वभर फैलिने भएकोले यसको केन्द्रको निर्माण आवश्यक रहेकोछ र ठमेल पर्यटन विकास परिषदमा आगामि नेतृत्व हाम्रो समुहले गर्न पाएको खण्डमा भरपर्दाे र आधुनिक सुचना केन्द्रको निर्माण गरिनेछ ।

३. फोहोर ब्यवस्थापन
फोहर ब्यवस्थापन ठमेलको मात्र नभई समग्र उपत्यकाको चुनौतीको बिषय भएकोछ । त्यसैले फोहरको उचित ब्यवस्थापनका लागी ठमेलमा जथाभावी फोहर फ्याँक्ने कामलाई दुरुत्साहित गरिनेछ । निश्चित ठाउँमा डस्टविनहरुको ब्यवस्था गरि फोहर उपयुक्त ठाउँमा मात्र फ्याक्ने जनचेतनाका कार्यक्रम ल्याईनेछ । सम्बन्धित वडा तथा महानगरपालिकाको समन्वयमा फोहर ब्यवस्थापनको उचित ब्यवस्था गरिनेछ । कुहिने र नकुहिने फोहर घरबाटै छुट्याई सो फोहरको सहि र समयमै ब्यवस्थापन गरि सफा एवं सुन्दर ठमेल निर्माण हाम्रो समुहको प्रमुख प्रथमिकता रहेकोछ ।

४. ट्राफिक र पार्किङको ब्यवस्थापन
पर्यटकहरु शान्त वातावरण र ठमेल क्षेत्रमा पैदल यात्रा गर्न  रुचाउने भएकोले पर्यटकहरुलाई सुलभ तरिकाको पदयात्राको लागि ठुला सवारी साधन प्रवेश निषेध, अनियन्त्रित गतिमा चल्ने सवारी साधनलाई ब्यवस्थित गर्ने, एकतर्फी बाटोको नियमलाई बैज्ञानिक ढंगबाट म्यापिङ गरि सवारी साधन आवतजावतको  ब्यवस्थापनमा ट्राफिक प्रहरी संग सहकार्य गरिनेछ । यसका लागि ट्राफिक प्रहरी र सम्बन्धित निकायसंगको सहकार्य गाढा बनाईनेछ । हाल भईरहेको सि.सि.टि.भी को मर्मत र नयाँ ठाउँमा आवश्यकता अनुसार सि.सि.टि.भी जडान गरिनेछ । घरधनी तथा ब्यवसायीहरुका लागि उचित र सर्वसुलभ पार्किङ स्थलको ब्यवस्था गरिनेछ । अब्यवस्थित रुपमा पार्किङ  गरिने सवारी साधनलाई ब्यवस्थित गर्न भुमिका खेलिनेछ ।

५.ठमेलमा शान्ति र सुरक्षा ब्यवस्थापन
ठमेलमा विभिन्न किसिमका ब्यवसाय छन । ब्यावसायको शान्ती र सुरक्षा पहिलो प्राथमिकताको काम हो । यस क्षेत्रमा प्रहरी प्रशासन र ब्यावसायीको बिचमा राम्रो सम्बन्ध कायम हुन जरुरी छ ।  शान्ति सु–ब्यवस्था चुस्त दुरुस्त राख्नका लागि प्रहरी तथा शान्ति सुरक्षा कायम गर्ने निकायहरुसंग विशेष समन्वय गरिनेछ । प्रहरीलाई २४ सै घण्टा विशेष निगरानीका साथ खटाउन ठमेल विशेष टास्कफोर्स गठनका लागि पहल गरिनेछ ।
६. पर्यटकहरुको सम्बन्धमा
स्वदेशी तथा विदेशी पर्यटकहरुनै ठमेलका वास्तविक सम्मान तथा स्वागत गरिनुपर्ने ब्यक्ति भएकोले हामी ब्यावसायी तथा ठमेलवासी स्थानियले यसलाई विशेष रुपमा ध्यान दिनुपर्नृे विषय हो । पर्यटकहरुको सर्वाेपरी हित र खुसीनै ठमेलको खुसीको रुपमा लिएर काम गरिनु पर्दछ । पर्यटकलाई विभिन्न बहानामा दुःख दिने तथा पर्यटकमाझ नकारात्मक सन्देश जाने ब्यवहार ठमेलमा बन्द गरिनु पर्दछ । सौहाद्र्धतापुर्ण ब्यवहार तथा आतित्थताको बातावरण नै हामी नेपाली तथा ठमेलवासीको पहिचान हो भन्ने विश्वका पर्यटकमाझमा पु¥याउनु पर्दछ । तसर्थ सो वातावरण निर्माणका लागी ठमेल विकास पर्यटन परिषद बाट विभिन्न जनचेतनात्मक कार्यक्रम संचालन गरिनेछ । पर्यटकहरुको सुविधाको लागि ठमेलभर हाइ स्पिड फ्री वाइफाइ जडान गरिनेछ ।

७.टुरिस्ट बस संचालन तथा टुरिस्ट बसपार्कको निर्माण
पर्यटकको आवत–जावतको सर्वसुलभताका लागि एयरपोर्ट बाट ठमेल सम्म र ठमेलबाट एयरपोर्ट सम्म टुरिष्ट बस संचालनको लागि पहल गरिनेछ । ठमेलको आसपासका क्षेत्रमा टुरिष्ट बसपार्क निर्माण गर्न पहल गरिनेछ ।

८.सडक, सडक बत्ती, तार र प्रदुषण ब्यवस्थापन
ठमेल भित्रको सडक सधैंभरी सफा र सुन्दर राख्न पहल गरिनेछ । यस क्षेत्र भित्र भत्किएका र खाल्डाखुल्डी सडक लाई यथासिघ्र मर्मतका लागि वडा, महानगरपालिका तथा सडक विभाग सँग समन्वय एवं सहकार्य गरिनेछ । ठमेल क्षेत्रलाई हर्न निषेधित क्षेत्रका रुपमा विकसित गरिनेछ ।

९.ब्यावसायी र ब्याबसायको सुरक्षा
ठमेलमा घरधनी, ब्यावसायी, विदेशी तथा स्वदेशी पर्यटक, तथा रात्रिकालिन आगन्तुकहरुको सुरक्षाको ब्यवस्था विशेष रहेको हँुदा यहाँको ब्यावसायीक एवं अन्य वातावरण शान्तिपुर्ण बनाउनु यस त्त्म्ऋ को प्रमुख दायित्वका रुपमा बुझि यस ठाउँ संग सरोकार राख्ने सुरक्षा निकायहरु संग नियमित रुपमा सहकार्य एवं समन्वय गरि काम गरिनेछ ।

१०.घरधनी र ब्यावसायीको सम्बन्धमा
ठमेलमा ब्यावसाय गरि बस्ने ब्यावसायी र यहाँका घरधनी हरुको बिचमा रहेका समस्याहरु समाधानका लागि दुबै पक्ष संग सहकार्य गरि समस्या न्युनिकरणका लागि विशेष पहल गरिनेछ ।  भविष्यमा आईपर्ने विभिन्न प्राकृतिक तथा अप्राकृतिक संकटका समयमा ब्यावसयी तथा धरधनीका बिच आईपर्ने विभिन्न खाले समस्याहरुका बिचमा समन्वयको वातावरण ठमेल पर्यटन विकास परिषद्को नेतृत्व मार्फत गर्नेछ । यस ठमेलमा रहेका विभिन्न स्थानिय क्लबहरु संग समन्वय गरि रचनात्मक कामहरुमा सहकार्य गरिनेछ । युवाहरुलाई ब्यावसायिक बनाउन प्रोत्साहनमुलक कार्यक्रम ल्याईनेछ  ।

११. सडक महोत्सव आयोजना कार्यक्रम
ठमेललाई समृद्ध बनाउन र यस क्षेत्रको महत्व बढाउन यस ठमेल क्षेत्रमा विभिन्न सडक महोत्सव आयोजना गरि पर्यटकहरुलाई आकर्षित गर्नु हो । यस ठाउँमा बर्षमा एकाध समयमा मात्र महोत्सव आयोजना गरिन्छ तर हाम्रो नेतृतवमा ठमेलमा प्रत्येक महिना ठमेल सडक महोत्सवहरु जस्तै ः फुड फेस्टिभल, देश भरि रहेका विभिन्न खाले साँस्कृतिक कार्यक्रमहरुको साँस्कृतिक महोत्सव, मनोरञ्जनात्मक महोत्सवहरु आयोजना गरि यस ठाउँको सडकलाई साँस्कृतिक सडकका रुपमा विकसित गरिनेछ । यस्ता साँस्कृतिक कार्यक्रम आयोजना गर्ने जाति, समुह तथा संघ संस्थालाई यस संस्था बाट विशेष सहयोगको ब्यवस्था गरिनेछ ।

१२. रिक्सा, ठेला गाढा, सडक बालबालिका, तथा सडकमा मागि बस्नेहरुको ब्यवस्थापन ।
ठमेल क्षेत्रमा विश्व भरिका पर्यटकहरुको घुम्ने, बस्ने, खाने प्रमुख थलो हो । यस ठाउँको सभ्यता, तथा यस ठाउँमा मानिसहरुले उनीहरुलाई गर्ने ब्यावहारका कारण देशकै पहिचान झल्किने भएकोले यहाँका मानिसले गरिने ब्यावहार नम्र, एवं संस्कारयुक्त हुनु आवश्यक छ । त्यसैले यहाँ आउने पर्यटकहरुलाई विभिन्न सडक बालवालिका तथा अनावश्यक मान्छेहरुले पैसा माग्ने, विभिन्न सामानहरु किन्न दवाद दिएर दिग्दारी बनाउने गरेको देखिन्छ । सो कार्यको रोकथाम जरुरी छ र यो समुहले  गर्न पाएको खण्डमा यस्ता कार्यलाई ठमेलमा निषेध गर्न पहल गरिनेछ । रिक्सा एवं ठेलागाढा हरुलाई पर्यटकहरु घुम्ने पिक आवरलाई छलेर मात्र गुडाउन पाईने ब्यवस्था गरिनेछ ।

१३. ठमेलमा रहेको साँस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण एवं जिर्णाेद्धार
ठमेल तथा यसका आसपासमा रहेको विभिन्न धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण एवं सम्बद्र्धन गर्न यस संस्थाको कोष बाट र सरकारका निकायहरुसंग समन्वय गरिनेछ । साँस्कृतिक पर्यटकहरुलाई बढवा दिने कार्य गरिनेछ ।

१४. लगानीमैत्री वातावरण
लगानीमैत्री वातावरण निर्माण गर्न ठमेल भित्र रहेर व्यवसाय गरिरहेका व्यवसायीहरुको सुरक्षा साथै उचित लाभ प्राप्त गर्ने वातावरणको निर्माण गर्न र नयाँ व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई सरल ढंग बाट व्यवसाय गर्ने वातावरण निर्माण गरि ठमेल लाइ एक उत्कृष्ट व्यवसायिक केन्द्रको रुपमा बिकसित गरिनेछ । साथै सबै किशिमका व्यवसायीहरुको सुरक्षाको लागि पहल गरिनेछ ।

Facebook Comment

छुटाउनुभयो कि?