प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन एबिसी क्षेत्रमा गरिने

पर्यटन बजार८ श्रावण २०७९, आईतवार मा प्रकाशित

प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन एबिसी क्षेत्रमा गरिने

श्रावण ८,काठमाडौं । पर्यटन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। चार महिना भित्र अन्नपूर्ण आधारशिविर (एबिसी)मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने मन्त्रालयले जनाएको छ।
महत्वपूर्ण र साहसिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण आधारशिविरमा यस्तो सम्मेलन आयोजना गर्न सके त्यसले साहसिक पर्यटन क्षेत्रमा लाभ पुग्ने व्यवसायीको धारणा छ।

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्ने गरि सरकारले पर्यटन पुुनरुत्थानको कार्ययोजना सार्वजनिक गर्दै एबिसीको योजना सार्वजनिक गरेको हो। अन्नपूर्ण आधारशिविर समुन्द्री सतहबाट ४१ सय ३० मिटर उचाईमा छ। कोरोना संक्रमण सुरु हुनुअघि यो आधारशिविरमा वर्षमा हजारौं विदेशी पर्यटक उक्लिन्थे। कोरोनाले गर्दा विदेशीको आगमन खस्केर आधारशिविरको पदयात्रामा जानेको संख्या कम भएपनि प्रवद्र्धनात्मक गतिविधि गर्न सके आधारशिविरमा आगामि दिनमा पर्याप्त विदेशी पर्यटक उकाल्न सकिने व्यवसायी बताउँछन्।

बोर्डका निर्देशक मणिराज लामिछानेले आगामि चार महिनाभित्र आधारशिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना रहेको बताए। ‘पर्यटन क्षेत्रका लागि यो निकै नै महत्वपूर्ण सम्मेलन हुनेछ। पर्यटन मन्त्रालयले यसलाई अघि बढाउनेछ, बोर्डले अब काम अघि बढाउनेछ,’ उनले भने, ‘साहसिक पर्यटकीय गन्तव्य भएकोले त्यो सम्मेलन गर्न सके नेपालको पर्यटन क्षेत्रबारे गज्जबको सन्देश फैलिनेछ। एबिसी आफैमा साहसिक गन्तव्य भएकोले त्यहाँ सम्मेलन गर्न सके पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ।’

 

Facebook Comment

छुटाउनुभयो कि?