बलिउड फिल्म ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

पर्यटन बजार२२ श्रावण २०७९, आईतवार मा प्रकाशित

बलिउड फिल्म ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक

श्रावण २२,काठमाडौं । नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ।  फर्स्ट लुकमा ३ जनाको तस्बिर संगै ब्याकग्राउण्डमा हिमाल देख्न सकिन्छ।
काठमाडौंदेखि सगरमाथाको फेद नाम्चेसम्म छायांकन गरिएको फिल्ममा बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेका छन्।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको छायांकन नेपालमा करिब एक महिना भएको थियो। छायांकनको लागि अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा नेपाल आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि नेपालकाे छाया‌ंकनकाे लागि अमिताभ भने आएनन्। सुटिङमा उनकाे ठाउँमा दुप्लिकेट प्रयाेग गरिएकाे थियाे।

 

Facebook Comment

छुटाउनुभयो कि?