बिश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता हुने

पर्यटन बजार२४ श्रावण २०७९, मंगलवार मा प्रकाशित

बिश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता हुने

श्रावण २४,काठमाडौं । विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा “टप अफ दी वर्ल्ड गल्फ च्यालेन्ज” आयोजना हुने भएको छ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा गल्फ कोर्ष भर्खरै मात्र निर्माण सम्पन्न भएको हो ।

पहिलोपल्ट प्रतियोगिता गरी कोर्षको गुणस्तर पहिचान गर्ने र आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने आयोजकले बताएको छ । १८ होलकै कोर्ष बनाउने प्रयास पनि भइरहेको छ ।

यो गल्फकोर्ष गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो । सांसद विकास कोषको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा निर्माण भएको हो ।

प्रतियोगिता आयोजना गरी पहिचान दिने र भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुग्ने उद्देश्ले कोर्ष निर्माणमा लगानी गरिएको सांसद विष्टले जानकारी दिए । ‘अब हामीले पानी खेलेर विकास हुन्न । हिउँ खेलेर पदक ल्याउनुपर्छ भन्ने मेराे थिम हाे,’ विष्टले भने
प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना हुने प्रतियोगितामा कुल २८ गल्फरले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ जना महिला गल्फर रहेका छन् । प्रतियोगिता स्टेबल फर्म्याट ३/४ ह्यान्डीक्यापको आधारमा हुने छ ।
यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको छ ।

 

Facebook Comment

छुटाउनुभयो कि?