टान निर्वाचन : सापकोटा समुहले गर्यो उम्मेदवारी परिचयात्मक कार्यक्रम

पर्यटन बजार२६ श्रावण २०७९, बिहीबार मा प्रकाशित

टान निर्वाचन : सापकोटा समुहले गर्यो उम्मेदवारी परिचयात्मक कार्यक्रम

श्रावण २६,काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुन गइरहेको निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा अध्यक्षमा रामप्रसाद सापकोटा , वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ , महासचिवमा नरध्वज तामाङ (क्षितिज ) , कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे , सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा ,सचिबमा हरि कडरिया को ब्यक्तिगत जीवन र ब्यवसायिक यात्राका बारेमा परिचय गराइएको थियो।

त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती,राजेश थपलिया ,कान्छा गुरुङ ,निर्मला सापकोटा खनाल ,कृष्ण बहादुर परियार,रामचन्द्र लामिछाने ,शरण अधिकारी लगायतको पनि कार्यक्रममा परिचय खुलाइएको थियो।

अध्यक्ष पदका उम्मेदवार सापकोटाले टानलाइ बेटर टान र सताब्दिमुलक टान बनाउन आफुले उम्मेदवारी दिएको बताएका छन। “ट्रेकिङ परमिटका समस्या , दर्ताबिहिन कम्पनिलाइ करको दायरामा ल्याउने , नयाँ ट्रेकिङ रुटको खोजी,टिम्सका समस्या,पर्यटन ऐन लगायतका समस्यामा कार्य गर्ने छु उनले भने।”

त्यस्तै महासचिव पदका उम्मेदवार नरध्वज तामाङले टानको समृद्धिका लागि र ब्यवसायिका समस्या समाधानका लागि आफुले उम्मेदवारी दिएको बताएका छन।

Facebook Comment

छुटाउनुभयो कि?