पर्यटन ब्यवसायी संगठन नेपालको बैठकले टान निर्वाचनमा सबै कार्यकर्ता लाई एकजुट भएर लाग्न निर्देशन !

पर्यटन बजार२८ श्रावण २०७९, शनिबार मा प्रकाशित

पर्यटन ब्यवसायी संगठन नेपालको बैठकले टान निर्वाचनमा सबै कार्यकर्ता लाई एकजुट भएर लाग्न निर्देशन !

साउन २८, काठमाडौं ।पर्यटन ब्यबसायी संगठन नेपाल -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) ले हिजो निलहरी बास्तोला समुहलाई जिताउन आकस्मिक बैठक कार्यक्रम सम्पन्न गरेको छ ।
पर्यटन ब्यबसायी संगठन नेपालका अध्यक्ष अन्जन थापा’कुमारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नागरिक उड्डयन तथा पर्यटनमन्त्री जिबनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
पर्यटन ब्यवसायी संगठन नेपालको तर्फबाट बाट आयोजित कार्यक्रममा माननिय मन्त्रिज्यु ले निलहरी बास्तोलाको टिम लाई अग्रिम बधाई तथा शुभकामना दिनु भयो ।
        साथै संगठनको अध्यक्ष कुमार थापाले निलहरी बास्तोलाको समुहलाई जिताउन संगठन को सबैलाई निर्देशन दिनुभयो।
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा ३० गते हुन गैइरहेको निर्वाचन नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा एकीकृत समाजबादी गठबन्धन समुहबाट उठेको निलहरी बास्तोला समुहमा एकीकृत समजबादीका ४ जना उम्मेदवार छन् । प्रथम उपाध्यक्षमा प्रदिप पण्डित कोषाध्यक्षमा पुरु तिमल्सिना र सदस्यहरुमा नमिनाथ देवकोटा, लाक्पा दोर्जे शेर्पा रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?