टान निर्वाचन : सापकोटा समुहले ब्यवसायीबिच सार्वजनिक गर्यो आफ्नो टिम

पर्यटन बजार२९ श्रावण २०७९, आईतवार मा प्रकाशित

टान निर्वाचन : सापकोटा समुहले ब्यवसायीबिच सार्वजनिक गर्यो आफ्नो टिम

श्रावण २९,काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचन हुँदै छ । सोही सिलसिलामा रामप्रसाद सापकोटा समुहले उम्मेदवारहरुको अन्तिम परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

टानभित्र थुप्रै समस्याहरू रहेको र टानले गर्नुपर्ने कार्यहरूको सूचि लम्बद्ध भएको उल्लेख गर्दै उम्मेदवार सापकोटाले भने,‘ ‘हाम्रो उम्मेदवारी ‘वेटर टान’को लागि हो, टानलाई नयाँ उचाइमा पुर्‍याउन हाम्रो जीत आवश्यक छ, र यो सुनिश्चित छ ।’

व्यवसायीहरुकै छाता संगठनको रुपमा रहेको भिटोक नेपालको अध्यक्ष समेत भइसकेर कार्यअनुभव बटुलेका सापकोटाले भने,‘पदयात्रीहरूको सूचना व्यवस्थापन प्रणाली–ट्रेकर्स इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)को विवाद समाधान भएको छैन् । त्यसैगरी हामीले सरकार र टुरिजम बोर्डसँग पनि पर्याप्त सहकार्य गरेर काम गर्न सकेका छैनौँ । सरकारसँग सहकार्य गर्न नसक्दा अहिले थुप्रै ट्रेकिङ ट्राइल, पदमार्गहरू मासिँदै गएका छन् । अन्तर्राष्ट्रिय रूपमा नै टप–टेन भित्र पर्ने अन्नपूर्ण सर्किट पनि मासिँदै गएको छ । अब यस्ता ठाउँमा अल्टरनेटिभ पदमार्ग बनाउनुपर्‍यो, जहाँ रोडको कारणले पदमार्ग मासिँदै गएको छ ,उनले भने।

वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार सरिता लामाले युवा र शिक्षित पुस्तालाई पर्यटन पेशामा आकर्षित बनाउनका लागि विभिन्न प्याकेजहरू ल्याउने ल्याइने बताएकी छन। साथै पर्वतीय पर्यटनका लागि महत्वपूर्ण हवाइ मार्गको स्तरिकरण गर्न आफू तत्पर रहने उनले बताइन।

त्यस्तै महासचिव पदमा उम्मेदवारी नरध्वज तामाङ (क्षितिज)ले व्यवसायिक संस्कार बनाउनका लागि र त्यसैका लागि समयानुकूल प्रभावकारी एजेण्डा लिएर अगाडी बढ्ने , अहिलेसम्म देखिएका समस्यालाई समाधान गर्न र आगामी बाटो सकारात्मक ढंगले तय गर्नका लागि आफ्नो टिम पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन ।

त्यस्तै कोषाध्यक्षकि उम्मेदवार प्रमिला पाण्डेले आर्थिक सुशासन र पारदर्शीताको उम्मेदवारी दिएको बताएकी छन।” लागि सहुलियत ऋणका लागि सहजीकरण गरिदिने, पेशागत शसक्तिकरणका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्ने योजना बनाएको उनले बताइन् ।

कार्यक्रममा अध्यक्षमा रामप्रसाद सापकोटा , वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ , महासचिवमा नरध्वज तामाङ (क्षितिज ) , कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे , सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा ,सचिबमा हरि कडरिया को ब्यक्तिगत जीवन र ब्यवसायिक यात्राका बारेमा परिचय गराइएको थियो।

त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती,राजेश थपलिया ,कान्छा गुरुङ ,निर्मला सापकोटा ,कृष्ण बहादुर परियार,रामचन्द्र लामिछाने ,शरण अधिकारी लगायतको पनि कार्यक्रममा परिचय खुलाइएको थियो।

 

Facebook Comment

छुटाउनुभयो कि?