‘सेफ हाउस’को अवधारणा सहित मैदानमा उत्रिए युवा व्यवसायी शेर्पा

पर्यटन बजार२९ श्रावण २०७९, आईतवार मा प्रकाशित

‘सेफ हाउस’को अवधारणा सहित मैदानमा उत्रिए युवा व्यवसायी शेर्पा

साउन २९, काठमाडौँ।  पदमार्ग तथा पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनमा टान नेतृत्वका लागि सह-कोषाध्यक्ष पदमा  अहिले रिन्जी जाङबु शेर्पाको नाम चर्चामा छ।

सोलुखुम्बु जिल्लामा जन्मिएका रिन्जी जाङबु शेर्पा राम प्रसाद सापकोटा (कमल) समूहका कान्छा उम्मेदवार हुन्। सानो उमेरमा नै पर्यटनको बाटोमा प्रवेश गरेको उनी भर्खरै ३१ वर्षको हुँदा पनि पर्यटन व्यवसाय र ट्रेकिङमा  करिब १५ वर्षको अनुभव सँगालिसकेका छन्। ट्रेकिङ्ग रुटहरुमा अत्यावश्यक मानिएको ‘सेफ हाउस’ को एजेन्डा लिएर निर्वाचनमा होमिएका छन् उनी। हिमालयन फेन्डस् ट्रेकिङ प्रा. लि का सञ्चालक समेत रहेका उनले काम सँगसँगै आफ्नो  स्नातक तह सम्मको पढाई पनि पुरा गरिसकेका छन्।

हाल एमबिए गर्दै गरेका उनले नेपालका विभिन्न ठाउँ लगायत जर्मन, अमेरिका लगायत मुलुकको भ्रमण गरिसकेका छन् । उनी पर्यटन क्षेत्रकै एक सक्रिय युवा व्यवसायी हुन् जसले  नेपालको पर्यटनलाई विश्वसामु चिनाउन नवीन विधिहरूको खोजीमा गरिरहेका  छन्।  अन्तर्राष्ट्रिय जगतमा पर्यटन क्षेत्रको ब्रान्डीङ्ग गर्न समेत क्रियाशील छन् । यस सँगै समाज सेवामा उनको विशेष रुचि रहेकाले आफ्नो ठाउँ बाटै विभिन्न सस्थाहरु मा सहयोग गरिसकेका छन्। साथै भविष्यमा यो तर्फ पनि आफ्नो गतिलो कदम बढाउने तयारीमा छन् ।

Facebook Comment

छुटाउनुभयो कि?