गङ्गा आरतीमा खै उचित व्यवस्थापन ?

पर्यटन बजार३१ श्रावण २०७९, मंगलवार मा प्रकाशित

गङ्गा आरतीमा खै उचित व्यवस्थापन ?

श्रावण ३१ ,काठमाडौँ। पशुपतिमा हरेक साँझ गङ्गा आरती लाग्ने गर्दछ। सोही आरतीलाई हेर्न दिनहुँ उत्तिकै ठुलो सङ्ख्यामा भक्तजन पुग्ने गर्दछन् ।

त्यति मात्र होइन आरतीमा संलग्न हुन चाहने , आरती लगाउन चाहने भक्तजनको पनि कमी छैन यहाँ । हरेक साँझ नै कोही न कोही भक्तजनले आरती लगाइ नै रहेका हुन्छन्। यस बाट के बुझ्न सकिन्छ भने यस आरती समितिलाई खर्चको अभाव छैन। तर अभाव यहाँ व्यवस्थापनको देखिन्छ।

अन्य दिन भन्दा सोमबार , शनिवार आरती हेर्न आउनेको भिड बढी हुन्छ। अझ श्रावणको सोमबार त उपत्यका नै उत्रिन्छ यहाँ आरतीमा मन्त्रमुग्ध हुन। त्यतिकै मात्रामा सो दिन भारतिय पर्यटक पनि हुन्छन्।

समस्याको कुरा त के छ भने अन्य बार र यसरी भिड भाड हुने समयमा आरती समिति ले थप व्यवस्थापनका निम्ति कुनै कार्य गरेको देखिँदैन। बागमतीका दुवै किनार लगायत आरती स्थलको आसपासको क्षेत्र सबै सबै मा भक्तजन आरती हेर्न तछाड मछाड गर्दै एक अर्कालाई धकेलिरहेका हुन्छन्। यो समयमा यति भिड हुन्छ भन्ने कुरा र  कति दुर्घटना हुन सक्छ यसको अनुमान त स्वयम आरती समूहलाई पनि थाहा होला। तर खै त यो समितिले व्यवस्थापनमा ध्यान पुर्‍याएको?

यतिसम्म कि भक्तजनको तालीले यहाँ भएको स्पिकरको साउन्ड लाई समेत प्रतिस्थापन गरिदिन्छ।  पशुपति क्षेत्रमा थप स्पिकर सँगै लाइभ हेर्न मिल्ने कुनै विकल्प अपनाइदिए आरती स्थल भक्तजनले ठेलमठेल गर्नुपर्ने थिएन होला। आरती हेर्नेको जमातले गर्दा नै शवको अन्त्येष्टि गर्न पुगेका मलामीहरूले समेत सास्ती झेल्दै आएका छन् ।

तस्बिर : सुरज स्टुडियो

Facebook Comment

छुटाउनुभयो कि?