अमेरिकी गायक पोखरेल नेपालको पर्यटन सद्भावना दुत नियुक्त

पर्यटन बजार६ भाद्र २०७९, सोमबार मा प्रकाशित

अमेरिकी गायक पोखरेल नेपालको पर्यटन सद्भावना दुत नियुक्त

भदौ ६,काठमाडौं । नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले उनलाइ सद्भावना दुत नियुक्त गरेका हुन।

साँस्कृतिक कार्यक्रममा सहभागी हुन र वृत्तचित्र निर्माणका लागि पहिलो पटक नेपाल आएका छन । पोखरेल अमेरिकन आइडल २०२० का उपविजेता हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताए ।

गायक पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताए । उनले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको पनि स्मरण गरे ।

एक महिनाको नेपाल बसाईमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्ने, देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुने, कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेण्ट्री बनाउने कार्यक्रम छ ।

 

 

 

Facebook Comment

छुटाउनुभयो कि?