बोर्ड लेटरप्याड अपडेट – केकी , आर्यन र सिइओ रेग्मी सबै अनबीज्ञ !

पर्यटन बजार१० भाद्र २०७९, शुक्रबार मा प्रकाशित

बोर्ड लेटरप्याड अपडेट – केकी , आर्यन  र सिइओ रेग्मी सबै अनबीज्ञ !

भदौ १०,काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्वेजियन एम्बेसी लाई लेखेको पत्रप्रती नायिका केकि अधिकारीले ध्यानाकर्षण गराएकी छन । उनले ‘ब्लु बर्ड एच डि ´नामक चलचित्रमा आफुले कुनै सम्झौता नगरेको खुलाएकी हुन ।

उनी भन्छिन ” निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।”
मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसंग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन र यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन उनले भनिन।
उनले आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न समेत आग्रह गरेकी छन।

नेपाली फिल्म बिदेशमा सुटिङ गरिने भन्दै नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको तथ्य केहिदिन अघि सार्वजनिक भएको थियो ।

सेनजेन भिसाको लागि निवेदन दिएको केही दिनपछि दूतावासले पर्यटन बोर्डबाट जानकारी लिएपछी मात्र लेटरप्याड किर्ते गरिएको कुरा सार्वजनिक भएको थियो।

पर्यटन बोर्डका प्रमुख धनन्जय रेग्मीले आफूहरूले कुनै पनि फिल्मको लागि सिफारिस नगरेको र हस्तान्तरण पनि आफुले नगरेको बताएका छन्। ‘
फिल्म युनिटका १४ जना कलाकारका लागि भिसा आवेदन गरिएको छ जसमा मुख्य भुमिकामा नायिका केकी अधिकारी, हरिश सिग्देल (आर्यन) लगायत १४ जनाको नाम रहेको छ।

फिल्मका निर्देशकमा दीपकप्रसाद आचार्यको नाम छ। त्यस्तै, निर्मातामा भने रोशन पराजुली रहेका छन्। पर्यटन बोर्डले अनुमति नलिएको र नक्कली कागजपत्र भनेपछि दूतावासले भिसा क्यान्सिल गरेको हो। यसरी आफ्नो कार्यालयको लेटरप्याड र नक्कली हस्ताक्षर प्रयोग भएकाले पर्यटन बोर्डले केस नेपाल प्रहरीलाई दिएको छ।

Facebook Comment

छुटाउनुभयो कि?